काठमाडौँ, २३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवका अवसरमा शुभकामना दिनका लागि निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ । आज उनको ७९औँ जन्मोत्सव हो ।
जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ ।
जसअनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला गरिएको हो । सो समयमा राजावादी संघ संगठनका साथै सर्वसाधारणसमेत पूर्वराजालाई शुभकामना दिनका लागि लामबद्ध देखिन्छन् ।