शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

जापान जाने कामदारलाई १५ वर्षदेखि लुटेको भन्दै कांग्रेस केन्द्रीय समिति बैठकमा उठ्यो विषय

आइतबार, असार २२ २०८२

काठमाडौं, २२ असार । जापान जाने कामदारलाई १५ वर्षदेखि शोषण गरेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वैदेशिक रोजगार विभाग प्रमुख प्रकाश स्नेहीले पाटीको केन्द्रीय समिति बैठकमा जापान जाने प्रशिक्षार्थी कामदारहरु १५ वर्षदेखि लुटिएको भन्दै पाटी नेतृत्व र सरकारको ध्यानाकर्षण गराएका हुन् ।

केन्द्रीय सदस्य स्नेहीले वैदेशिक रोजगार विभागले जान नाम गरेको एउटा एनजीओ खडा गरि १५ वर्षदेखि करोडौं लुट्नुका साथै हजारौं युवाहरुलाई कानुन विपरित जापान जानबाट रोकेको बताएका छन् । वैदेशिक रोजगार विभाग प्रमुख समेत रहेका स्नेहीले रास्वपा लगाएत अन्य दलका नेताहरुको संलग्नतामा नेपाली श्रमिकहरु लुटिदा कानुनी निकाय मुकदर्शक भएर बसेको जनाएका छन् ।

नेपाल र जापानको कानुनले सिओई र भीसा समेत पाईसकेको कामदारलाई पुन भाषा परीक्षा भन्दै जापान जानबाट रोक्ने र गएकाहरुबाट पनि मोटो रकम असुल्ने गरेको स्नेहीले सुनाए ।

उक्त विषयमा सर्बोच्च अदालतमा समेत मुद्दा चलिरहेको छ । जान भनिने जाईका अलमनाई एसोसिएसनले १५ वर्षदेखि कानुन विपरित श्रमिकबाट रकम असुलेर सिण्डिकेट कायम गरिरहेको छ । स्रोतका अनुसार जानले भीसा र सिओई पाइसकेका कादारलाई परिक्षामा पास र फेलको बार्गेनिङ गरि करोडौंको लुट मच्चाईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार