बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा कवि गुञ्जन राई पक्राउ

बिहिबार, असार १९ २०८२

काठमाडौं, १९ असार । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा कवि गुञ्जन राई पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई केहीबेरअघि पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले ललितपुरका गुञ्जनलाई गायिका एलिना चौहानको जाहेरीको आधारमा पक्राउ गरेको बताए ।

गुञ्जन केही साताअघि नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा शीर्ष २५ को सूचीमा परेका थिए ।

एलिनाले आफूमाथि गालीगलौज गर्नेको ‘भण्डाफोर’ अभियानअन्तर्गत गुञ्जनको पनि प्रोफाइल सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार