सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बैँकहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्छ : सांसद विनोद चौधरी

बिहिबार, असार १९ २०८२

काठमाडौँ, १९ असार , नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बैँक तथा वित्तीय संस्थाहरूलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बाफिया विधेयकमा आज भएको दफावार छलफलमा अहिले बाफियाले त्यसलाई नसमेटेको बताएका हुन् । त्यसलाई पुनः लेखन गरेर सो सम्बन्धि व्यवस्था राखिनुपर्ने बताए । उनका अनुसार नेपाली धेरै भन्दा धेरै रहेका ती ठाउँमा बैँकका शाखा खोल्न दिनुपर्छ ।

उनले भने –‘बाफिया ड्राफ्ट दुई वर्षदेखि बनाएर राखिएको छ । अहिले धेरै परिवर्तन भइसकेको छ । बाफिया फिर्ता पठाउनुपर्छ । नयाँ दृष्टिकोणबाट यो विधेयकलाई पुनः ड्राफ्ट गर्नुपर्छ । नेपालका बैङ्कलाई बाहिर समेत जान दिनुपर्छ । अस्ट्रेलिया, मलेसियामा बैँकका शाखा खोल्न दिनुपर्छ । नेपालीको पुँजी नेपाली बैँकले किन सङ्कलन गर्न नपाउनु ? ।’

उनका अनुसार अहिले वर्तमान अर्थतन्त्रको स्थिति सुस्त छ । बैँकहरूसँग भएको रकम लगानी हुन सकिरहेको छैन । बैंकर्स, उद्योगीको मनोबल बढ्न नसकेको बताउँदै उनले बैँकमा लगानी हुँदैमा उद्योगी, लगानीकर्ताले पैसा लिन्छन् भन्ने भ्रम हटाउनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार