शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

धनुषामा चक्कु हानेर ज्वाइँले गरे ससुराको हत्या, ज्वाइँ फरार

बुधबार, असार १८ २०८२

काठमाडौं । धनुषामा ज्वाइँले ससुराको हत्या गरेको आरोप लागेको छ । जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुरका ६५ वर्षीया वासुदेव प्रसादको ज्वाइँ बेचन महासेठले हत्या गरेको प्रहरीले जनाएको छ ।

उपमहानगरको वडानम्बर २१ का बेचनले बुधबार बिहान चक्कु प्रहार गरेर ससुरा वासुदेवको हत्या गरेको जनकपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घरायसी विवादका कारण चक्कु प्रहार भएको खुलेको छ । चक्कु प्रहारलगत्तै बेचन फरार छन् ।

प्रहरीले उनलाई खोजिरहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार