सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने स्याङ्जाकी कमला कुमारी केसी भक्तपुरबाट पक्राउ

बुधबार, असार १८ २०८२

काठमाडौं, १८ असार । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका ३ बस्ने स्याङ्जा बिरूवा गाउँपालिका घर भएकी ५१ वर्षीया कमला कुमारी केसीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

कमलाले बुल्गेरिया पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट ६ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका ३ बालकोटबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार