मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सम्पादकीय : अपराध किन न्यूनिकरण हुन सकेन ?

मंगलबार, असार १७ २०८२

नेपाल प्रहरीले दैनिक रुपमा बुलेटिन प्रकाशित गरि सञ्चार माध्यमहरुलाई पठाउने गर्दछ । प्रहरीले सम्पे्रषण गरेका अधिकाँश समाचारहरुमा यौन कृयापकल, जबर्जस्ती करणी, अबैध लागू पदार्थको ओसारपसार, हत्यामा संलग्न पक्राऊ, ठगी गर्ने पक्राउ, जुुवातास खेल्नेहरु पक्राउ जस्ता सूचनाहरु प्रमुख रुपमा उल्लेख गरिएका हुन्छन् । वर्षौँदेखि नेपाल प्रहरीको प्रधान कार्यालय प्रहरी महानिरीक्षकको कार्यालय (केन्द्रीय समाचार कक्ष) बाट दैनिक समाचार बुलेटिन प्रकाशन गरि सञ्चार माध्यम तथा पत्रकारहरुलाई इमेलमार्फत सम्प्रेषण गर्दैै आएको छ ।

नेपाल प्रहरीले यस्ता सूचना देशभरीबाट संकलन गरेर, नेपाल प्रहरीले गरेका दैनिक गतिबिधिहरु सञ्चार माध्यममा पठाउँदा यसले उनीहरुले गरेका कामका बारेमा माथिल्लो तहका हाकिमहरुलाई मात्र नभई आमजनताई पनि प्रहरीले काम गरिरहेको छ भन्ने सन्देश जान्छ । यो सकारात्मक पक्ष हो । तर प्रहरी यत्तिको सकृय हुँदा हुँदै पनि अपराधका गतिबिधिहरु समाजबाट किन न्यूनिकरण हुन सकिरहेका छैनन् ? यस बारेमा नेपाल प्रहरीले विश्लेषण र अध्ययन गर्ने गरेको छ कि छैन ? यो भने गम्भीर प्रश्न हो ।

मानिसहरु किन आपराधिक कृयाकपालमा संलग्न हुन्छन् । किन ठगी, हत्या, लुटपाट, बलात्कार, अवैध लागू पदार्थको ओसारपसरा भइरहेको छन् ? यी गैरकानूनी कृयाकलापहरु किन दैनिक बढिरहेका छन् ? वा घट्दो क्रममा छन् ? यो बारेमा पनि प्रहरी संगठनले निकै सुक्ष्म तरिकाले अध्ययन गर्न जरुरी छ । समाजशास्त्रीय दृष्टकोणले हेर्दा जव समाजमा असमानता, गरिवी, बेरोजगारी, विभेद आदि हुन्छ, तव मानिस आफ्नो परिवार र पेट पाल्नका लागि अनेक कृयाकलापमा संलग्न हुन बाध्य हुन्छ । त्यसैले राज्यले यी समस्या समाधान गर्नेखालका नीति तथा योजना तर्जुमा गर्नु पर्छ । गैर कानूनी कृयाकपालमा संंलग्न नागरिकलाई किन चोरिस्, किन ठगिस् भनेर प्रश्न उठाउन र डण्डा वर्षाउने प्रहरीले उसले ती कार्य गर्नुपछाडिका कारक तत्वहरु समेत खोजेर राज्यका नीति निर्माण तहमा पुर्याउनु पर्छ ।

नेपाल प्रहरीले यस्ता सूचना देशभरीबाट संकलन गरेर, नेपाल प्रहरीले गरेका दैनिक गतिबिधिहरु सञ्चार माध्यममा पठाउँदा यसले उनीहरुले गरेका कामका बारेमा माथिल्लो तहका हाकिमहरुलाई मात्र नभई आमजनताई पनि प्रहरीले काम गरिरहेको छ भन्ने सन्देश जान्छ । यो सकारात्मक पक्ष हो । तर प्रहरी यत्तिको सकृय हुँदा हुँदै पनि अपराधका गतिबिधिहरु समाजबाट किन न्यूनिकरण हुन सकिरहेका छैनन् ? यस बारेमा नेपाल प्रहरीले विश्लेषण र अध्ययन गर्ने गरेको छ कि छैन ? यो भने गम्भीर प्रश्न हो

कतिपय नागरिक प्रहरीको सजाय, हिरासत, र जेलबाट उन्मुक्ति पाएपछि पुनः त्यस्तै गैरकानूनी भनिएका कृयाकपालमा संलग्न भएको हामी पाउँछौँ । यस्ता समाचार पनि प्रहरीको समाचार बुलेटिनमा कहिलेकाहिँ समेटिएका हुन्छन् । एउटै व्यक्ति पटक पटक एकै प्रकृतिको घटनामा किन संलग्न हुन्छ ? यसबारेमा नेपाल प्रहरीले निकै गम्भीरताकासाथ अध्ययन गर्न जरुरी छ । चोर, डाका, ठगलाई पक्राउ गरेर ‘केरकार’ गर्नु र जेल हाल्नु मात्र राज्यको काम होइन, त्यस्ता व्यक्ति समाजमा गएपछि कसरी घुुलमिल हुने ? कसरी आफ्नो दैनिक कृयाकपाल गर्ने ? कसरी व्यवहारीक बन्ने ? भन्ने विषयमा उनीहलाई उचित परामर्शको अभाव भएको हुनसक्छ । ‘प्रहरी मेरो साथी’ भन्ने नेपाल प्रहरीको लोभलाग्दो र कर्णप्रिय नारा (स्लोगन) छ । तर प्रहरी नै कतिपय अवस्थामा न्यायाधीश भइरहेको पनि हामी पाउछौँ । प्रहरी नैं कतिपय अवस्थामा राजनीतिक नेताको संरक्षणमा रहेर हप्ता असुलीमा संलग्न भएका समाचारहरु पनि मिडियामा आउँने गरेका छन् । अझ प्रहरीको उच्च तहमा हुने बढुवामा त विभागीय मन्त्रीदेखि प्रधानमन्त्रीसमेत संलग्न हुने गरेको यसअघिका बिभिन्न घटानहरुले पुष्टि नै गरेका छन् ।

प्रहरीले पक्राउ गरेर चौकीमा पु¥याएका नागरिकलाई कतिपय अवस्थामा मरणासन्न हुनेगरी कुटपिट गरेका समाचार पनि सञ्चारकर्मीहरुले खोजबिन गरेर प्रकाशित गरेका हुन्छन् । तसर्थ प्रहरीले काम गर्दा निस्पक्ष र स्वतन्त्र भई काम गर्नुपर्छ । जनताले तिरेको करबाट तलब बुझ्ने राष्ट्रसेवकहरुले नीति नियमको त पालना गर्नुपर्छ नै उनीहरुले कतिपय अवस्थामा व्यवहारिक पक्षलाईसमेत मिहिन ढंगले केलाउन जरुरी छ । ठुलालाई चैन, सानालाई ऐन भन्ने भनाई त समाजमा व्याप्त नैं छ । न्यायनिसाफ र कानून सबै उच्च पदस्थ र भुइँमान्छेहरुमा समान किसिमले लागू हुनुपर्छ । प्रहरीले गैरकानूनी कृयाकलापमा संलग्न जो कोहिलाई पक्राऊ गरेर कानूनी दायरामा ल्याउन राज्यलाई सघाउनु त पर्छ नै । तर उसले समाजको अध्ययन गर्न पनि जरुरी छ । आफ्नो संगठनलाई पारदर्शी र चुस्त पनि बनाउन जरुरी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार