सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सेयर बजार परिसूचक सोमबार ९.१९ अंकले बढ्यो

सोमबार, असार १६ २०८२

काठमाडौं, १६ असार । सेयर बजार परिसूचक सोमबार ९.१९ अंकले बढेको छ । योसँगै बजार २६३१.४८ विन्दु कायम छ ।

१४५ कम्पनीको सेयर मूल्य बढेको छ । १०३ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

बजार बढे पनि कारोबार रकम घटेको छ । ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर ६३ हजार ३७१ पटकमा खरिद–बिक्री भएको हो । आइतबार ९असार १५० सात अर्बमाथिको कारोबार भएको थियो ।

राप्ती हाइड्रो, धौलागिरि लघुवित्त, विन नेपाल लघुवित्त, सिन्धु विकास बैंक, सप्तकोसी विकास बैंक उच्च कमाउने शीर्ष पाँच कम्पनीमा परे । पञ्चकन्या माई हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, पिपुल्स हाइड्रो, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी उच्च गुमाउने शीर्ष पाँच कम्पनी रहे ।

फाइनान्स, होटेल तथा पर्यटन, जलविद्युत् र अन्य समूह सूचक घटेको छ । बाँकी समूह सूचक बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार