काठमाडौँ, १६ असार । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्ति सिंह थापाको सुनवाइ सकिए सकिएको छ।
सुनावाइ समितिले आइतबार पोखरेल र पौडेलको सुनुवाइ गरेको थियो भने सोमबार थापासहित न्यायपरिषद् सदस्यका लागि सिफारिस महेश नेपालको सुनुवाइ गरेको थियो। तर, सुनुवाइ गरे पनि अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा सोमबार निर्णय नहुने भएको छ।
उनीहरूलाई समितिले आजै अनुमोदन गर्ने बताए पनि केही सैद्धान्तिक विषय उठेको भन्दै आज निर्णय ‘होल्ड’ हुने भएको समितिका एक सदस्यले जानकारी दिए।
स्रोतकाअनुसार कानुन व्यवसायीबाट न्यायाधीशमा सिफारिस पोखरेलप्रति एमालेले असन्तुष्टि व्यक्त गरेका कारण निर्णयमा समस्या देखिएको हो।