आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

भारी वर्षापछि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी जलमग्न

सोमबार, असार १६ २०८२

धनगढी, १६ असार । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गत २४ घण्टामा २०० मिलिमिटर वर्षा भएको छ । अत्तरियास्थित महाकाली बेसिनका प्रमुख इन्जिनियर संजयकुमार साहका अनुसार यो वर्षामा धनगढीमा यति धेरै पानी पहिलो पटक परेको हो ।

धनगढीमा आइतबार दिउँसोदेखि पानी परेको थियो । तर भारी वर्षा बिहान ४ बजेबाट हुन थाल्यो इन्जिनियर साहले भने, “अहिले पनि धनगढीमा पानी परिरहेको छ, रातिबाट कम हुने छ ।”

उनका अनुसार धनगढीभन्दा बढी कञ्चनपुरको बेलौरीमा पनि २४ घण्टामा २६४.६ मिलिमिटर वर्षा भएको छ । कञ्चनपुरकै कृष्णपुर खल्लाकोटमा पनि १८४ मिलिमिटर वर्षा भएको छ ।

महाकाली बेसिनले सुदूपश्चिमका नौ वटै जिल्लामा मध्यम र हल्कास्तरको वर्षा भइरहेको छ । सुदूरश्चिममा यो साताभर मध्यमस्तरको वर्षा भइरहने पनि सो कार्यालयले जनाएको छ ।

वर्षाले दोदा नदीको बहाव बढेको छ । धनगढी लगायतका क्षेत्रमा भइरहेको वर्षाले मोहना नदी वरपरका बस्तीलाई प्रभाव पार्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार