सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बैतडीको चौलानी नदीमा हाम फालेका युवक बेपत्ता

सोमबार, असार १६ २०८२

बैतडी, १६ असार । चौलानी नदीमा बैतडीका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–३, सिमारका २६ वर्षीय महेश राना रहेका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

सोमबार (असार १६) बिहान ६ बजेतिर राना घरनजिकैको चौलानी नदीमा हाम फालेका पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता रानाको खोजीका निम्ति नदी क्षेत्रमा प्रहरी परिचालन गरिएको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार