काठमाडौं(जस)–नेपालका अग्ला र दुर्गम ठाउँहरूमा पुग्न सक्षम बनाइएको टुनल्यान्ड जीसेभनले २३ दिनको अवधिमा नेपालका सबैभन्दा अग्ला र चुनौतीपूर्ण ८ स्थानहरूको यात्रा सफलतापुर्वक सम्पन्न गरी साहसिक अभियान पूरा गर्ने विश्वकै पहिलो पिकअप बन्न सफल भएको छ । यो परीक्षण मात्र नभई कठिन भौगोलिक अवस्थामा असली क्षमता, विश्वसनीयता र इनोभेसन प्रदर्शन गर्ने एक ऐतिहासिक चुनौती पनि थियो । टुनल्यान्ड जीसेभेनले आफ्नो यात्रा दार्चुलाको हिकिला (२,३०० मिटर०) बाट यात्रा सुरु गरेर नेपालको सीमा कोरला (४,६६० मिटर) सम्म पुग्यो । यस ऐतिहासिक यात्रामा टुनल्यान्ड जीसेभेन ले फलामे (२,४५० मि), खाङ्सार (३,७०० मि), सन्दकपुर (३,६३६ मि), ढोरपाटन (३,००० मि), गुफा पोखरी )२,८९० मि) हुँदै जुम्ला (२,५१५ मि.) सम्मका कठिन र दुर्गम गन्तव्यहरू सफलतापूर्वक पार ग¥यो ।
यी सबै स्थानहरू अग्ला मात्र नभई, अप्ठ्यारा ट्र्याकहरू, ठाडा उकालो र असमान भूभागका लागि पनि परिचित छन् । तर टुनल्यान्ड जीसेभेन ले सबै चुनौती सहज रूपमा पार गर्दै आफैंलाई केवल हाइवेका लागि मात्र नभई हिमाली भूभागका लागि पनि निर्माण गरिएको हो भन्ने प्रमाणित गरेको छ । १६० हर्सपावर र ३९० एनएम टर्क क्षमतासहितको भएको टुनल्यान्ड जीसेभनले अफरोड यात्रा क्रममा प्रभावशाली प्रदर्शन ग¥यो । आर१८ टायरले हिलो र ढुंगामा उत्कृष्ट ग्रिप प्रदान गरे भने, २२५ मिमि ग्राउन्ड क्लियरेन्सले विभिन्न अवरोधहरू सहजै पार गर्न सक्षम बनायो । यसमा समावेश हिल होल्ड र हिल डिसेन्ट कन्ट्रोल जस्ता एडभान्स् फिचरहरूले अत्यन्तै ठाडो उकालो र ओरालोहरूमा पनि गाडीलाई सजिलै नियन्त्रणमा राख्न मद्दत गर्दछ । कठिन उकालो मार्गहरूमा समेत जीसेभन को यात्रा सहज, नियन्त्रणयोग्य र विश्वसनीय रहनुले यसको इन्जिनियरिङ क्षमताको प्रमाण दिन्छ ।
बाहिरबाट शक्तिशाली देखिने टुनल्यान्ड जीसेभन भित्री डिजाइन र सुविधाका हिसाबले भने अत्यन्तै आरामदायक र प्रिमियम अनुभव प्रदान गर्छ । चुनौतीपूर्ण यात्राको दौरान, प्यानोरामिक सनरूफ, तातो–चिसो मिलाउन सकिने १२ मोडमा मिलाउन सकिने इलेक्ट्रिक सिट, १२.३ इन्च टचस्क्रिन, स्मार्ट पुश–स्टार्ट र अटोमेटिक एसी लगायतका प्रिमियम फिचरहरूको भरपुर उपयोग गर्दै यात्राको रोमान्चक थप अनुभूत गरेका थिए । यस्ता सुविधाहरूले कठिन यात्रा सहज र स्मरणीय बनाए । जसले यात्रुहरूमा टुनल्यान्ड जी सेभेन प्रतिको आत्मविश्वास र सन्तुष्टि झनै बढाएको छ । यो ऐतिहासिक यात्रा नेपालमै संचालन गरिएको विस्तृत परीक्षण अभियानको एक महत्वपूर्ण हिस्सा थियो ।
यसको मुख्य उद्देश्य केवल शोरुममा गाडी प्रदर्शन गर्नु होइन, प्रत्यक्ष रूपमै गाडीको क्षमताको प्रमाण देखाउनु थियो । विशेषगरी विश्वका कठिनतम भूभागहरूका लागि डिजाइन गरिएको टुनल्यान्ड जीसेभेनले आफूलाई केवल सक्षम पिकअपको रूपमा मात्र होइन, नेपालमा ४ह४ पिकअपको परिभाषा नै पुनःनिर्धारण गर्ने सवारीको रूपमा स्थापित गरिरहेको छ । यसले भरपर्दो शक्ति, उच्च प्रदर्शन क्षमता र व्यावहारिकतासंगै कठिन भौगोलिक क्षेत्रहरूमा समेत उत्कृष्ट अनुभव प्रदान गर्ने स्पष्ट संकेत दिएको छ ।