शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यमाथि सात वटा उजुरी

बिहिबार, असार १२ २०८२

काठमाडौं, १२ असार । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद्को सदस्यमा प्रस्तावित सदस्यहरूमाथि सात वटा उजुरी परेका छन्।

बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले यसबारे जानकारी गराएको हो। बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले सर्वोच्चच अदालतको न्यायाधीश पदमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा र न्यायपरिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपाल उपर सात जनाले उजुरी दिएको जानकारी दिइन्।

सातै जना उजुरीकर्ताहरूलाई १३ गतेको समितिको बैठकमा बोलाएर जानकारी लिने सभापति न्यौपानेले बताइन्। त्यस्तै १५ गतेको समितिको बैठकमा प्रस्तावित न्यायाधीशहरू पोखरेल, पौडेल र थापाका कार्यायोजना सुन्ने र सुनुवाई गर्ने कार्यसूचि रहेको बताइन्।

न्यायपरिषद्को सदस्य पदमा प्रश्तावित महेशकुमार नेपालमाथि ५ वटा उजुरी परेका छन्। अन्य दुुई वटा उजुरी भने प्रश्तावित न्यायाधीशउपर परेका हुन्। प्रस्तावित न्यायाधीशहरू पोखरेल, पौडेल र थापाका कार्यायोजना र न्याय परिषद् सनस्य नेपालका कार्ययोजनाको प्रति समिति सदस्यहरूलाई वितरण समेत गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार