काठमाडौं, ११ असार । काभ्रेको पाँचखालमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका ६, हनुमानगढीमा बा २ ख ३२६५ नम्बरको बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि पाँचखाल पोलिक्लिनिक पठाइएको छ । काठमाडौंबाट मेलम्चीतर्फ जाँदै गरेको उक्त बसमा ३५ जना यात्रु सवार थिए ।
प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि पाँचखाल पोलिक्लिनिक पठाइएको छ । काठमाडौंबाट मेलम्चीतर्फ जाँदै गरेको उक्त बसमा ३५ जना यात्रु सवार थिए ।
बस चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ७ का ३० वर्षीय मनोज बराईली पाँचखाल प्रहरी चौकीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सामान्य उपचारपछि सबै घाइतेहरूको डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।