काठमाडौं, ११ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सेवा त्यागेका छन् ।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार ऐरीले केही महिनाअघि बुझाएको राजीनामा हालै स्वीकृत गरिएको हो ।
ऐरी प्रहरी संगठनमा सहायक हवल्दारको रूपमा कार्यरत थिए । राजीनामापत्रमा उनले घरायसी कारण उल्लेख गरेका छन् ।