मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

कति छ राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको सम्पत्ति ? ४५ तोला सुन, १५ लाखको हिरा

बुधबार, असार ११ २०८२

काठमाडौं, ११ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनीसँग ४५ तोला सुन र १५ लाख बराबरको हिरा रहेको पाइएको छ ।

गभर्नर पौडेलले ललितपुरको भैसेपाटीमा पौने दुई करोड बराबरको घर र नवलपरासीको गैँडाकोटमा ६० लाख मूल्य पर्ने घरजग्गा रहेको पनि विवरणमा खुलाएका छन् । दुवै घर श्रीमती प्रतिभा शर्माको नाममा रहेको जनाइएको छ ।

त्यस्तै, विभिन्न सात वटा कम्पनीमा १५ लाख ३६ हजार पाँच सय ८९ कित्ता शेयर रहेको पनि गभर्नरले स्पष्ट पारेका छन् । कुल शेयरको मूल्य सवा १४ करोड हारहारी हुने उनको भनाइ छ ।

गभर्नर पौडेलले विभिन्न बैंकमा ६ वटा खाता रहेकोमा दुई वटा डलर खाता रहेको जानकारी दिएका छन् । हाल खातामा २७ लाख नगद रहेको विवरणमा उल्लेख छ । त्यसबाहेक श्रीमतीको नाममा ४४ लाख बराबरको सुजुकी गाडी रहेको बताइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार