बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एमपिएको परीक्षामा नक्कली परीक्षार्थी, यसरी परे पक्राउ

बुधबार, असार ११ २०८२

काठमाडौंं, ११ असार । एमपिए तेस्रो सेमेस्टरको परीक्षामा एक जना नक्कली परीक्षार्थी समातिएका छन् । काठमाडौं महानगरपालिका–४ धुम्बाराही बस्ने जुम्लाका २६ वर्षीय केशव रोकाया प्रहरीले परीक्षा केन्द्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

कलंकीस्थित जनप्रशासन क्याम्पसमा अध्ययनरत दानबहादुर रोकायाको तर्फबाट उनी हिजो जाँचमा सहभागी भएका थिए । क्याम्पसको पत्रपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

रोकायामाथि शिक्षा ऐनसम्बन्धी कसुरमा स्थानीय प्रशासनबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार