शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एमालेको सचिवालय बैठक भोलि बस्ने

मंगलबार, असार १० २०८२

काठमाडौं, १० असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक बुधबार बस्ने भएको छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार अपराह्न १ बजे सचिवालय बैठक बस्ने निर्णय भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए। उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ ।

एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ

प्रतिक्रिया
सम्बन्धित समाचार