आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

आइतबार, असार ८ २०८२

कैलाली, ८ असार । धनगढी उपमहानगरपालिका ७ मनेहरास्थित न्यु लामिछाने कन्ट्रक्सनभित्र जुवातास खेलिरहेको अवस्थामा सन्तोष कामी समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख २६ हजार २ सय ८० नेपाली रूपैयाँ, तीन हजार भारतीय रूपैयाँ, चार गड्डी तास र १३ थान मोबाइल सहित शनिबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार