सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पुरुष यू–१६ क्रिकेट इस्ट कप : नेपालको विजयी सुरुवात

आइतबार, असार ८ २०८२

काठमाडौं, ८ असार । नेपाली युवा टोलीले मलेसियामा जारी पुरुष यू–१६ क्रिकेट इस्ट कपमा विजयी सुरुवात गरेको छ।

सिंगापुरले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि ओपनर जैशीले अविजित पारी खेले। उनले ९७ बलमा नटआउट ५५ रन बनाए।

पहिलो विकेटका लागि ओपनर सुर्याशु कोइराला र प्रसिद्ध जैसीले ८.१ ओभरमा ४१ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। ७ बलमा २ चौकाको सहयोगमा ९ रन बनाएका ओपनर सुर्यांशु रिटायर्ड हर्ट भए। विकेट किपर शिवांश बजगाई ९ रन बनाउँदै आकाश तेजाको बलमा क्याच आउट हुन पुगे।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले मंगलबार जापानसँग खेल्नेछ। आगामी आइतबार इन्डोनेसिया तथा समुह चरणको अन्तिम खेलमा भुटानविरुद्ध खेल्ने तालिका छ।

दोस्रो विकेटका लागि रौनक श्रीवास्तव र प्रसिद्ध जैसीले ८८ बलमा ६३ रनको साझेदारी गरेपछि नेपाल जित उन्मुख भएको थियो। ४४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४० रन बनाएका रौनक श्रीवास्तव आकाश तेजाको बलमा क्याच आउट भए। जोय थापा ४ रनमा आउट हुँदा सुगम बुढाथोकी शून्य रनमै पेबेलियन फर्किए। शुभम खनाल ९ रनमा नटआउट रहे।

सिंगापरका लागि आकाश तेजाले ३ विकेट लिँदा युभान पाण्डेले एक विकेट हात पारे। त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिगांपुर ३६..१ ओभरमा १ सय ३८ रन बनाउँदा अलआउट भयो।

सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए। ओपनर आहान भुधानभामले ३८ तथा रोशन अरुन ११ रन बनाउँदै पेभेलियन फर्के। नेपालका लागि कप्तान विपिन शर्माले ४ विकेट लिए। सचिन भट्टले ३ तथा शुभम खनाल र अभय यादवले समान १ विकेट आफ्नो नाममा गरे।

प्रतियोगितामा सहभागी नेपालसहित १० टोलीलाई दुई सुमहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन्। समूह बी मा आयोजक मलेसियासहित हङकङ, मालदिभ्स, थाइल्याण्ड र म्यानमार छन्।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले मंगलबार जापानसँग खेल्नेछ। आगामी आइतबार इन्डोनेसिया तथा समुह चरणको अन्तिम खेलमा भुटानविरुद्ध खेल्ने तालिका छ।

प्रतिक्रिया
सम्बन्धित समाचार