आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

डोटीको आदर्श गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

शुक्रबार, असार ६ २०८२

डोटी, ६ असार । डोटीको आदर्श गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

शुक्रबार दिउँसो साढे १ बजेतिर दिपायलबाट आदर्श गाउँपालिका ७ दहकालिकातिर जाँदै गरेको सु प्र प्र ०१००१ ज१३९५ नम्बरको जिप आदर्श गाउँपालिका १ दोबाजमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

जिप मोडमा अनियन्त्रित भईइ सडकबाट अन्दाजी २५० मिटर तल खस्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो। घाइतेहरूलाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याउने काम भैइरहेको छ। दुर्घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार