शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नेकपा समाजवादीका सांसद अम्मरबहादुर थापाले सदनमै च्याते बजेट पुस्तिका

बिहिबार, असार ५ २०८२

काठमाडौं, ५ असार । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले बजेट पुस्तिका नै च्यातेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रालयगत बजेट किताब च्यातेका हुन् ।

उनले भौतिक पूर्वाधारको बजेटले जनताको माग सम्बोधन गर्न नसकेको बताए । नेता र मन्त्रीमुखी बजेट ल्याइएको उनले आरोप लगाए । उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै संसद बैठकभित्रै बजेट पुस्तिका च्यातेका हुन् ।

“यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति लिएर च्यातेको छु, धन्यवाद,” उनले भने ।

“यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति लिएर च्यातेको छु, धन्यवाद,” उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार