शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

काठमाडौँमा पाँचौँ आदिवासी जनजाती चलचित्र महोत्सव हुने

सोमबार, असार २ २०८२

काठमाडौं(जस)–‘पाँचौँ आदिवासी जनजाती चलचित्र महोत्सव २०८२’ असार ६ देखि ८ गतेसम्म आयोजना हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी दिइएको हो । महोत्सवमा आदिवासी जनजाती चलचित्रलाई प्रोत्साहन तथा पुरस्कृत गरिने छ । महोत्सवमा १९ आदिवासी चलचित्र समेत प्रदर्शन हुनेछ । जसमा नेपाली १६, नर्वेका ३ र ताइवानक १ फिल्म रहेका छन् ।
जसमा सागर केरुङ निर्देशित लिम्बु भाषाको ‘चे’, नवीनबाबु गुरुङ निर्देशित गुरुङ भाषाको नाचुने, ओम चरण अमात्य निर्देशित नेवार भाषाको ‘सिंकिङ सिभिलाइजेसन अफ काठमाण्डू भ्याली’, लुज सिंह निर्देशित नेवार भाषाको ‘साकिप्य’, राजबहादुर गुरुङ निर्देशित गुरुङ भाषाको ‘मि–थो’, मेकबहादुर पुन निर्देशित मगर भाषाको ‘ट्याङचलाक’, विश्वास मगर निर्देशित मगर भाषाको ‘खिल’ छन् । त्यस्तै कमल एक्चै मगर निर्देशित ‘मगर चिनारी’, सन्चु थोकर निर्देशित तामाङ भाषाको ‘श्ह्मा पिन्वा’, विनायक तामाङ निर्देशित तामाङ भाषाको ‘ग्याल्बो राजा’, रेणु चौधरी निर्देशित थारु भाषाको फिल्म ‘जितिया के सनेस’, दीपनारायण राजवंशी निर्देशित राजंवशी भाषाको ‘गां घर’, रत्ना गुरुङ निर्देशित गुरुङ भाषाको ‘सैर्व ट’, जनक गुरुङ निर्देशित गुरुङ भाषाको ‘ज्यूनी’, हिलारी बन्धु भुजेल निर्देशित भुजेल भाषाको ‘चो वो ल्यांम योङ्गहौ सम्मुख कर्म’ चलचित्र देखाइनेछ ।
महोत्सवमा उत्कृष्ट चलचित्र, निर्देशक, पटकथा,छायाङ्कनकार, लघु चलचित्र, वृत्तचित्र, पब्लिक च्वाइस र जुरी प्रोत्साहन गरेर ८ विधामा फिल्मलाई पुरस्कृत गरिनेछ । महोत्सवमा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका ४ डकुमेन्ट्री समेत प्रदर्शन गरिने आयोजकले जनाएको छ । आदिवासी जनजाती चलचित्र महासङ्घको आयोजनामा महोत्सव सञ्चालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार