शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

बेनिड्रोमको राहदानी शिविर हालसम्मकै उत्कृष्ट, २५२ जनाले पाए सेवा

सोमबार, असार २ २०८२

स्पेन, २ असार । आलिकान्तेको बेनिड्रोममा दुई दिन चलेको राहदानी घुम्ती शिविरबाट नेपालीले सहजै सेवा पाउँदा खुशी भएका छन् । पहिलो दिन १ सय ७५, दोस्रो दिन ७७ जनाले सेवा लिएका थिए । नेपाली राजदूतावास, म्याड्रिड स्पेनले राहदानी विभागसँगको समन्वयमा गरेको शिविरलाई नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का, एनआरएनए कोष्टाव्लाङ्काले सहजीकरण गरेका थिए ।

काल्पे, आल्तेया, कास्पे, आल्भिर, खाबिया, डेनिया, आलिकान्ते, मुर्सिया, टोरटोसा लगायत क्षेत्रमा बस्ने नेपालीहरु आएर सेवा लिएका थिए । राहदानी (पासपोर्ट) बनाउन म्याड्रिड जानेआउने खर्च र समय बचत हुदा सेवाग्राही उत्साहित थिए । दूतावासबाट द्वितीय सचिव पुरक अधिकारी, सहचारी विपिन चन्द, लक्ष्मण शर्मा, विभागकि ज्योत्सना काफ्ले सहितको टोलिले सेवा प्रवाह गरेको थियो ।

शिविर संयोजक असिम लोप्चनले उल्लेख्य सहभागीता सहित शिविर सफल बनेको बताए । ‘झघरदैलोमै सेवा पाएको प्रतिक्रिया सबैले दिनुभयो’, उनले भने, ‘झछिटोछरितो सेवा लिदा सबै खुशी भए ।’

समाजका महासचिव विजय कुँवरले हालसम्मकै व्यवस्थित शिवर हुन पुगेको बताए । ‘झगुनासो रहित शिविर बन्यो, टोकन सिस्टमले सहज भयो’, उनले भने, ‘झबायोमेट्रिक दिएर अधिकाँस उहीँ दिन काममा जान पाए ।’

एनआरएनए कोष्टाव्लाङ्का अध्यक्ष सुरेश बज्राचार्यले शिविरले धेरैको समय र खर्च बचत भएको बताए । ‘झकामबाट विदा लिएर घण्टौँ यात्रामा म्याड्रिड पुग्नुपरेन, नजिकै सेवा पाए’, उनले भने, ‘झक्षेत्रगत वर्षेनी शिविरहरु हुनुपर्छ भन्ने सन्देश पनि हो ।’ समाजका संरक्षक स्मृति गौतमले हेल्प डेस्कमा समाज र एनआरएनए पनि सक्रियहुदा शिवीर व्यवस्थित हुन पुगेको बताइन् ।

समाजका अध्यक्ष केसरबहादुर थापाले शिविर सञ्चालन गरेकोमा राजदूतावासलाई धन्यवाद दिए ।

एनआरएनए स्पेनका उपमहासचिव केशवराज कँडेलले निरन्तरको प्रयासमा छोटो अवधिमै शिविर आयोजना भएपनि उल्लेख्य सहभागीता हुन पुगेको बताए । ‘झशिविर यसपालि ऐतिहासिक रह्यो, सेवाग्राहीले कुनैपनि फजुल खर्च गर्नुपरेन’, उनले भने, ‘झआगामी दिनमा पनि यस्तै व्यवस्थित शिविर हुनेछन् ।’

राजदूतावासको टोलिले छिटोछरितो राहदानी सेवा दिदा सेवाग्राहीहरु प्रफुल्लित भएका थिए । २ सय ५२ जनाले राहदानीका लागि बायोमेट्रिक दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार