सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

कैलालीमा भारी वर्षा

आइतबार, असार १ २०८२

काठमाडौं, १ असार । कैलालीमा आइतबार (असार १) बिहान भारी वर्षा भएको छ । टीकापुरमा मध्यमदेखि भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त क्षेत्र भई बहने मोहना, खुटियालगायत साना खोलामा बहाव बढ्ने सम्भावना छ । खोलातटीय र होचा क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“असार १ बिहान ११ः३० बजे । पछिल्लो एक घण्टामा कैलाली जिल्लास्थित टीकापुर वर्षा मापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र सो क्षेत्र भई बहने मोहना, खुटियालगायत अन्य स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय तथा डुबान भइरहने क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार