शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

बागमती प्रदेश सरकारले आज प्रदेशसभामा बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने

शुक्रबार, जेष्ठ ३० २०८२

मकवानपुर, जेठ ३० गते । बागमती प्रदेश सरकारले बागमती प्रदेश आर्थिक सर्वेक्षण २०८१/०८२ बागमती प्रदेशसभामा शुक्रबार प्रस्तुत गर्ने भएको छ । बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

प्रदेशसभाका सभामुख रामकुमार पौडेलले प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको जानकारी दिए । प्रदेश सरकारको बजेट आउनु पूर्व प्रदेशसभामा आर्थिक सर्वेक्षण पेस गर्ने गरिन्छ ।

प्रदेश सरकारको चालु आवको राजस्व परिचालन, सार्वजनिक खर्च, प्रदेश सरकारका विभिन्न निकायबाट भएको विभिन्न गतिविधिहरु आर्थिक सर्वेक्षणमा समेटिने छन् ।

साथै सामाजिक र आर्थिक सूचकमा देखिएका परिवर्तनहरु समेटेर आर्थिक सर्वेक्षण २०८१/८२ प्रस्तुत गरिनेभएको हो । यस्तै, शुक्रबारको बैठकमा प्रदेशसभाका विशेषाधिकारसहित छ वटा समितिहरूको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव पौडेलले बताए ।

प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट पेस गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार