शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

शुक्रबार, जेष्ठ ३० २०८२

काठमाडौँ, ३० जेठ । जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईंसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले सोही घटनामा संलग्न ३२ जनालाई १० हजारदेखि एक लाख रुपियाँसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार