बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

सम्पादकीय : उपभोक्ताको स्वास्थ्यमा खेलवाड नगर

बिहिबार, जेष्ठ २९ २०८२

नेपाली बजारमा मौसमी फल आँपको सिजन भर्खर सुरु हुन थालेको छ । तर बजारमा चैतदेखिनै आँप बिक्रिका लागि आएका छन् । भारत लगायतका तेस्रो मुलुक्बाट आयात गरिएका आँप लगायतका फलफूल स्वास्थ्यका हिसाबले कत्तिको खानयोग्य छन् कि छैनन ? सरकारले तिनको जाँच गर्ने गरेको छ कि छैन ? यस बारेमा आमउपभोक्ता अनभिज्ञ छन् । त्यसैगरी अहिले स्याउको सिजन होइन, तर यो फल वर्षैभरी पाइन्छ । स्याउ आकर्षक देखाउनका लागि बिभिन्न केमिकलहरु प्रयोग हुनेगरेको पाइन्छ । यदि अहिले तपाइँको घरमा स्याउ छ भने चक्कुले त्यसको बोक्रा खुर्किनुहोस्, त्यहाँबाट मैनबत्तिको लेपनजस्तो सेतो पदार्थ निस्किन्छ । त्यसैगरी गर्मीको सिजनमा हामी सबैले मन पराउँने र सेवन गर्दे अर्को फल हो खरबुजा । खरबुजा चिरेर हेर्दा त्यसमा अस्वभाविक रुपमा रातो रंग देखिन्छ । यस्तो देखिनु भनेको त्यसमा सियोका माध्यमबाट केमिकल हालिएको हुनसक्ने सरोकारवालाहरु बताउँछन् ।

त्यसैगरी अहिलेको सिजनको अर्को फल भनेको लिची हो । लिची्लाई पनि धेरै दिन भण्डारण गर्न, त्यसलाई ताजा र आकर्षक देखाउन बिभिन्न केमिकल प्रयोग भएका हुनसक्छन् । नेपालको खुला सीमानाका कारण र कडा रुपमा सीमा नाकामा चेक जाँच नहुँदा भारतबाट आएका फलफूलले नेपालीहरुको स्वास्थ्मा गम्भीर असर पारिरहेको छ । यस्ता केमिकलले स्वास्थ्यमा सामान्य असरदेखि क्यान्सरसम्मका रोग लाग्न सक्ने स्वास्थ्यविद्हरुको भनाई छ ।

कम मिहिनेतमा बढी उत्पादन हुने मनसायले कृषकहरुले बिभिन्न किटनाशक तथा अन्य केमिकल प्रयोग गर्दा त्यसको प्रत्यक्ष असर आम नागरिकको स्वास्थ्यमा परिरहेको छ । काठमाडौंको कालिमाटीमा रहेको फलफूल तथा तरकारी बजारमा देशका बिभिन्न स्थान र विदेशबाट आयात गरिएका फलफूल तथा तरकारीको उचित परीक्षण गरेर मात्र बिक्रिका लागि बजारमा पठाउन कानून तथा नीतिहरु निजर्माण भएपनि त्यसको प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा त्यसले गम्भीर समस्या उत्पन्न गरेको छ । बिचौलिया र व्यापारीहरुको सेटिङका कारण एकतातिर कृषकहरुले आफूले दुःख गरेअनुसारको मुनाफा हात पर्न सकेका छैनन्

बिभिन्न नाकाबाट नेपाल भित्रिने हरियो तरकारी तथा सागपातमा पनि उत्तिकै मात्रामा अखाद्य केमिकल मिसावट भएका समाचार हामीले सञ्चारमाध्यमबाट सुन्दै र पढ्दै आएका छौंँ । त्यस्ता फलफूल तथा तरकारी प्रहरीले यदाकदा बरामद गरेर जमिनमा खाडल खनेर पुरेका तस्बिरहरु पनि समाचारमा आउने गरेका छन् । त्यसोत नेपालकै अधिकाँश स्थानमा कृषकहरुले उत्पादन गरेका मौसमी तथा बेमौसमी हरियो तरकारीमा अत्याधिक मात्रामा केमिकल प्रयोग गरेर बजारमा बिक्रिका लागि पठाउने गरेको र तिनको प्रयोशाला परीक्षणमा अखाद्य बस्तु मिसिएको रिपोर्ट पनि आउने गरेको छ ।

कम मिहिनेतमा बढी उत्पादन हुने मनसायले कृषकहरुले बिभिन्न किटनाशक तथा अन्य केमिकल प्रयोग गर्दा त्यसको प्रत्यक्ष असर आम नागरिकको स्वास्थ्यमा परिरहेको छ । काठमाडौंको कालिमाटीमा रहेको फलफूल तथा तरकारी बजारमा देशका बिभिन्न स्थान र विदेशबाट आयात गरिएका फलफूल तथा तरकारीको उचित परीक्षण गरेर मात्र बिक्रिका लागि बजारमा पठाउन कानून तथा नीतिहरु निजर्माण भएपनि त्यसको प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा त्यसले गम्भीर समस्या उत्पन्न गरेको छ । बिचौलिया र व्यापारीहरुको सेटिङका कारण एकतातिर कृषकहरुले आफूले दुःख गरेअनुसारको मुनाफा हात पर्न सकेका छैनन् भने अर्कातिर महंगो रकम तिरेर अस्वस्थ तरकारी तथा फलफूल खान उपभोक्ताहरु बाध्य भएका छन् ।

यदि स्थानीय स्तरमै कृषकले उत्पादन गरेको कृषि सामग्रिहरुको स्थानीय सरकारले नै परीक्षण गरेर संकलन र बिक्रि गर्ने वातावरण निर्माण गरिदिने हो भने कृषक र उपभोक्ता दुबै ठगिन पाउने थिएनन् । जताततै कमिसन, अनियमितता र अधिकारप्राप्त निकायले आफ्नो अधिकारको सही सदुपयोग नगर्दा नै देशमा अराजकता र गैरजिम्मेवारीपना बढ्दै गएको हो । यसैका कारण विरक्त भएर दैनिक सयौँको संख्यामा युवाहरु विदेश पलायन भइरहेका छन् । देशका उर्वरभूमी वर्षेनी बाँझिने क्रम बढेर गएको छ । जंगली जनावरहरु बाँदर, दुम्सी, बँदेल आदिले पनि कृषकलाई नैं दुःख दिइरहेका छन् । यसको नियन्त्रणका लागि पनि सरकारले मौजुदा कानुन परिमार्जन तथा संशोधन गर्न जरुरी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार