रौतहट, २९ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको चन्द्रपुर नगरपालिका–१ मंगलपुरमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले बिहीबार बिहानै भएको उक्त दुर्घटनामा मंगलपुरका ३५ वर्षीय बुद्ध लिम्बुको मृत्यु भएको जानकारी दिए ।
लिम्बुलाई पहिचान नखुलेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् । मृतक लिम्बुको शव घटनास्थलमै रहेको स्थानीय रविन लामाले जानकारी दिए ।