मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सम्पादकीय : डेङ्गी संक्रमण फैलियो, सचेत बनौँ

बुधबार, जेष्ठ २८ २०८२

देशभर गर्मी ह्वात्तै बढेको छ । चिसो मौसम हुने काठमाडौंको तापक्रम ३१ डिग्री नाघेको छ भने देशका कतिपय स्थानको अधिकतम तापक्रम केही दिनदेखि ४१ डिग्री सेल्सियसमाथि छ । यस वर्ष अहिलेसम्मकै छिटो अर्थात् सरदर मितिभन्दा १५ दिनअघि मे २९ तारिख ९जेठ १५ गते० नै नेपाल भित्रिएको मनसुन कोसी प्रदेशबाट पश्चिमतर्फ अघि बढ्न सकेको छैन ।

जल तथा मौसम विज्ञान महाशाखाले अझै पश्चिमी वायु नै बलियो रहेकाले मनसुन अर्थात् पूर्वी वायु पूर्वबाट पश्चिमतर्फ अगाडि बढ्न नसकेको जनाएको छ । सामान्यतया मनसुन नेपालको पूर्वी क्षेत्रमा भित्रिएपछि २ दिनमा काठमाडौँसम्म आइपुग्ने र केही दिनमा पश्चिमसम्म फैलिने गर्दथ्या ।
नेपालको अत्यधिक गर्मी हुने स्थान नेपालगञ्जमा यतिबेला विद्यालयहरु बन्द गरिएको छ । स्थानीय सरकारले विद्यार्थीहरुमा गर्मीका कारण गम्भिर स्वास्थ्य समस्या उत्पन्न हुनसक्ने भन्दै विद्यालयहरु केही दिनका लागि बन्दको घोषणा गरेको हो । गर्मीका कारण दिउँसको समयमा नेपालका अधिकाँश सहरबजारमा मानिसहरुको चहलपहल घटेको छ । खेतीपातीका काम गर्ने कृषकहरु पनि गर्मीले गर्दा खेतबारीको काम गर्न सक्ने अवस्थामा छैनन् । उनीहरुले बिहान र बेलुकी मात्र काम गरिरहेका छन् ।

यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्ने, पानी जम्मा गरी राखिएका पानीको ट्याङ्की,। ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्नुपर्छ । त्यसैगरी आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फाएिका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, बट्टा, प्लास्टिकजन्य वस्तुहरु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्न विज्ञको आग्रह छ ।

अत्यधिक गर्मी बढेपछि बजारमा पंखा, कुलर, रेफ्रिजेरेट, लगायतका विधुतीय सामाग्रहरुको खरिद–बिक्री भने बढेको व्यापारी तथा व्यवसायीहरुको भनाइ छ । साथै चिसो पेय पदार्थ र खरबुजा र छाता लगायतका सित्तलता प्रदान गर्ने बस्तुको मागमा पनि बृद्धि भएको व्यापारीहरु बताउँछन् ।

गर्मी बढेसँगै डेङ्गीका रोगीहरुको संख्या पनि बढेको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेङ्गी संक्रमण ७२ जिल्लामा फैलिएको छ । सबैभन्दा धेरै काठमाडौंं जिल्लामा सङ्क्रमित भेटिएका छन् । काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा संक्रमित भेटिएका छन् । ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा। गोकर्ण दाहालले डेङ्गीलाई शून्यमा नै ल्याउने र डेङ्गी गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताएका छन् । तर सुरुमै यसप्रति गम्भिर रुपमा नलाग्ने हो भने यो क्रम अझै बढ्ने देखिन्छ । केही हप्ता अघि आएको वर्षाले खाल्डाखुल्डी र घर नजिकैका पानी जम्ने स्थानमा लामखुट्टे ९मच्छड० ले फूल पारेर लार्भा हुर्काउँदा लामखुट्टेको बिगबिगी ह्वात्तै बढेको छ । तसर्थ लामखुट्टेले फूल पार्ने र लार्भा हुर्काउने सम्भावित स्थानमा सरकारले कीटनाशक औषिधि छर्किदै ती लार्भा निष्कृय पार्नुपर्ने माग जनस्तरबाट उठिरहेको छ । यसबारेमा सरकार बेलैमा सचेत हुनुपर्छ ।

त्यसैगरी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको रोकथाम गर्नका लागि सरकारले बिपन्न परिवारलाई निःशुल्क झुल वितरण गर्ने कार्यक्रम पनि सञ्चालन गर्नुपर्छ । त्यसका अलवा सचेतना लगायतका जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन थाल्न जरुरी छ । सरकारले स्थानीय सञ्चारमाध्यहरु पत्रपत्रिका, एफएम, टेलिभिजन र सामाजिक सञ्जालकोसमेत उचित प्रयोग गरेर जनहितका लागि सूचना जारी गर्नुपर्छ ।

डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्ने, पानी जम्मा गरी राखिएका पानीको ट्याङ्की,। ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्नुपर्छ । त्यसैगरी आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फाएिका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, बट्टा, प्लास्टिकजन्य वस्तुहरु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्न विज्ञको आग्रह छ । यी कुराहरुलाई पलना गर्ने हो भने डेङ्गीले भयावह रुप लिन सक्दैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार