शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

काठमाडौंको टोखामा गोली हानेर दुईजना लागु औषध कारोबारी प्रहरीको नियन्त्रणमा

मंगलबार, जेष्ठ २७ २०८२

काठमाडौं, २७ जेठ । प्रहरीले काठमाडौंको टोखामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । टोखामा रहेको ग्रान्डी अस्पतालनजिकै गोली हानेर दुईजना लागु औषध कारोबारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका दुई जनालाई अहिले प्रहरी अस्पताल लैजाँदै गरिएको जनाइएको छ । लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रमुख एसएसपी कृष्ण कोइरालाले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिइएको जानकारी दिए ।

लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रमुख एसएसपी कृष्ण कोइरालाले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार