शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

गर्मी बढेपछि कपिलवस्तुका तीन पालिकाले दिए विद्यालय बिदा

मंगलबार, जेष्ठ २७ २०८२

तौलिहवा, २७ जेठ । जिल्लाको कपिलबस्तु, बुद्धभूमि र बाणगंगा नगरपालिकाले गर्मीका कारण विद्यालय बिदा दिएका छन् । बुद्धभूमि र बाणगंगा नगरपालिकाले चार दिन मंगलबारदेखि शुक्रबार सम्म र कपिलबस्तु नगरपालिकाले तीन दिन बुधबार देखि शुक्रबार सम्म बिदा दिइएको हो ।

कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुनाराम पौडेलका अनुसार तराईमा बढ्दै गएको गर्मीका कारण विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न कठिनाई उत्पन्न भएकोले बिदा दिने निर्ण गरिएको बताए । नगरले सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा विदा दिने निर्णय गरेको उनको भनाइ छ ।

अत्याधिक गर्मीको कारण स्वास्थ्य प्रतिकुल हुँदा विद्यार्थीहरुलाई विद्यालयमा रही पठनपाठन कार्यमा संलग्न हुन कठिनाइ हुने चार दिन सम्पूर्ण विद्यालयहरुमा विदा दिइएको बुद्धभुमि नगरपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराईले बताए ।

त्यस्तै बाणगंगा नगरपालिकाका शाखा अधिकृत खिम बहादुर जि.सी.का अनुसार तराईमा बढ्दै गएको गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शिक्षण सिकाइमा प्रतिकुल असर पर्न सक्ने जोखिमलाई मध्यनजर राख्दै नगरभित्र सञ्चालित सबै शैक्षिक संस्थाहरु चार दिनका लागि गर्मी विदा गरिएको बताए ।

अत्याधिक गर्मीको कारण स्वास्थ्य प्रतिकुल हुँदा विद्यार्थीहरुलाई विद्यालयमा रही पठनपाठन कार्यमा संलग्न हुन कठिनाइ हुने चार दिन सम्पूर्ण विद्यालयहरुमा विदा दिइएको बुद्धभुमि नगरपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराईले बताए । वर्षे विदाबाट कट्टा हुने गरी विद्यालयहरुलाई गर्मी विदा दिइएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार