नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन नसकेकोप्रति आम जनता आक्रोशित छन् । जुन सरकार आएपनि स्वास्थ्य क्षेत्रमा भुइँमान्छेले देखिनेगरी काम हुन नसकेको व्यापक जनगुनासो छ । सानो उपचारदेखि शल्यक्रिया र अंगप्रत्यारोपणका उपचारसम्म महंगो हुने र समयमै उपचार नहुने गरेको बिरामी र उनीहरुको आफन्तबाट बारम्बार सुनिएका गुनासाहरु हुन् । सरकारी अस्पतालको फार्मेसीमा चिकित्सकले सिफारिस गरेका औषधि लगाय उपचारमा प्रयोग हुने उपकरणको अभाव हुनु नेपालको स्वस्थ्य क्षेत्रको पुरानै व्यथा हो ।
देशका बिभिन्न जिल्लामा रहेका सरकारी अस्पतालहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको अभाव हुनु, दरबान्दी निकै थोरै हुनु र त्यहाँ पठाइएका स्वाथ्यकर्मी तथा चिकित्सकहरु जिल्ला अस्पतालमा केही समय बसेर पुनः सुविधान सम्पन्न सहरीया अस्पतालमा भनसुन गरेर, चाँजोपाँचो मिलएर फर्किनु नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका वर्तमान समस्याहरु हुन् । त्यसैगरी शल्यक्रिया गर्नुपर्ने बिरामीले समयमै पालो नपाउँदा रोग पालेर बस्नुपर्ने कि त महङ्गा निजी अस्पतालमा उपचार गराउनु अर्को बाध्यता बनेको छ ।
हमीकहाँ तीन तहका सरकार छन् । तर स्थानीय र प्रदेश सरकारहरुले अझै पनि स्वास्थ्य क्षेत्रमा जनताले अनभूती हुनेगरी काम गर्न नसक्नु बिडम्बनाको विषय हो । स्वास्थ्य क्षेत्रमा हुनेगरेको अस्वस्थ राजनीतिक खिचातानी र सरुवाले गर्दा जनताले हैरानी खेपिरहनु परेको छ । सरकारले सञ्चालन गरेको स्वस्थ्य बीमाबारे पनि धेरै जनता अझै जानकार छैनन् । कतिपयले स्वास्थ्य बिमा महंगो भएको गुनासोसमेत गरिरहेका छन् ।
यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानव प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न सामबार परिपत्र गरेको छ । मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न सरकारी अस्पताल र प्रतिष्ठानहरूलाई मन्त्रालयले परिपत्र गरेको हो । यदि यो तत्कालै लागू हुने हो भने धेरै जनता लाभान्वित हुने थिए ।
हमीकहाँ तीन तहका सरकार छन् । तर स्थानीय र प्रदेश सरकारहरुले अझै पनि स्वास्थ्य क्षेत्रमा जनताले अनभूती हुनेगरी काम गर्न नसक्नु बिडम्बनाको विषय हो । स्वास्थ्य क्षेत्रमा हुनेगरेको अस्वस्थ राजनीतिक खिचातानी र सरुवाले गर्दा जनताले हैरानी खेपिरहनु परेको छ । सरकारले सञ्चालन गरेको स्वस्थ्य बीमाबारे पनि धेरै जनता अझै जानकार छैनन् । कतिपयले स्वास्थ्य बिमा महंगो भएको गुनासोसमेत गरिरहेका छन् ।
सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरणसमेत सार्वजनिक नहुँदा बिरामीहरुले महङ्गो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नुपर्ने बाध्यता छ । अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महङ्गोमा बिक्री गरिरहेका छन् । त्यसैले बिक्रेतालाई बढी मूल्य लिनबाट रोक्न सबै अस्पतालले आर्थिक वर्षमा कुन रोगको प्रत्यारोपण, शल्यक्रिया तथा उपचारका लागि नयाँ खालको वस्तु आवश्यक परेमा कम्पनी, आधिकारिक बिक्रेता तथा मूल्य सार्वजनिक गरेर मात्र बिरामीले प्राप्त गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले ध्यान दिन जरुरी छ ।
नेपालको स्वास्थ्य क्षेत्र निकै महंगो छ । बिरामीले अस्पतालमा उपचार गर्दा लागेको रकम तिर्न नसक्दा उपचार पाउने स्थिती छैन । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अस्पताल पुगेका बिरामी पैसाको अभावमा उपचार नपाई घर फर्किनुपर्ने अवस्था नआवस् भन्ने अभिव्यक्ति दिएका थिए । तर प्रधानमन्त्री, मन्त्री र सरकारले उच्च ओहदामा बसेका व्यक्तिहरुले दिने यस्ता अभिव्यक्तिहरु सुन्दाखेरी निकै राम्रा र आकर्षक लागेपनि यी केवल उनीहरुले आफू लोकप्रिय हुनका लागि बोलेका आडम्बरीपूर्ण भाषण मात्र हुने गरेका पुष्टि भइसकेका छन् ।
प्रधानमन्त्री र मन्त्रीहरुले सार्वजनिक कार्यक्रममा दिएका मन्तव्य सरकारी कार्यालयहरुमै लागू नहुँदा भुइँमान्छेहरुमा निराशा छाउँने गरेको छ । तसर्थ उनीहरुले दिएका अभिव्यक्ति सम्बन्धित सरकारी अड्डाका अधिकारप्राप्त निकायले बेलैमा लागू गर्नुपर्छ । यसो गर्न नसक्ने हो भने प्रधानमन्त्री र मन्त्रीहरुका बोली सरकारी कर्मचारीहरुले अटेर गरेको हुँदा कर्मचारीहरुलाई बेलैमा उचित कारबाही गरिहाल्नुपर्छ । सरकारले बोलेर मात्र हुँदैन, बोलीलाई व्यवहारमा उतार्न जरुरी छ । अनि मात्र भुइँमान्छेहरुले देशमा सरकार भएको अनुभूती गर्ने छन् । नत्र जनता हरेको हेर्यै !