काठमाडौं(जस)–सामसङ नेपालले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै इन्स्टा फाइनान्स सेवालाई थप सहज र सरल बनाएको छ । अब ग्राहकहरूले आफ्नो नागरिकताको प्रमाणपत्रका आधारमा सामसङका टिभी तथा होम अप्लायन्सहरू किस्ताबन्दीमा खरिद गर्न सक्नेगरी कम्पनीले उक्त नयाँ सुविधा सार्वजनिक गरेको हो । यसअघि टिभीको फाइनान्स प्रक्रिया केही सजिलो भए पनि होम अप्लायन्सको लागि थप कागजातहरू आवश्यक पर्ने अवस्था थियो । तर, नयाँ व्यवस्थाअनुसार अब होम अप्लायन्स खरिद गर्दा पनि ग्राहकको नागरिकताको प्रमाणपत्र र २ वटा पासपोर्ट साइजका फोटोसहित फारम भरेपछि एक घण्टाभित्र सामान घर लैजान सकिनेछ ।
सामसङ नेपालले जेठ १९ गतेदेखि लागू गरेको यो योजना अन्तर्गत ग्राहकले न्यूनतम ३० प्रतिशत डाउनपेमेन्ट गरेपछि बाँकी रकम १२ महिनाको किस्तामा ० प्रतिशत ब्याजदरमा तिर्न सक्नेछन् । सेवा मूल्य ३०,००० रुपैयाँ वा सोभन्दा माथिका सामसङ टिभी तथा होम अप्लायन्सहरूमा मात्र लागू हुनेछ । ग्राहकहरूको पहुँचमा नवीनतम प्रविधिहरू सहज रूपमा पु¥याउने उद्देश्यले ल्याइएको यो योजना हुलास फाइन सर्भिस हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको हो ।