बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

सम्पादकीय : सडक दुर्घटना न्युनिकरणमा सबैले हातेमालो गरौँ

सोमबार, जेष्ठ २६ २०८२

नेपालमा सडक दुर्घटनाको ग्राफ दिनानुदिन बढिरहेको छ । सडक दुर्घटना नभएको एक दिन पनि हुँदैन । पछिल्लो सडक र सवारी दुर्घटनाको तथ्याङ्क हेर्दा दैनिक सरदर आठ जना भन्दा बढि मानिसको मृत्यु भएको देखिन्छ भने दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधान दुर्घटना हुँदा दैनिक २० जना भन्दा बढि घाइते हुने गरेको पाइन्छ । बेला बेलामा हुने हवाई दुर्घटनाले पनि नेपालमा धेरैको ज्यान जाने गरेको छ ।

नेपालको ग्रामिण भेगमा र शहरी क्षेत्रमा हुने सवारी दुर्घटनाको रुप फरक भए पनि शारमा मानिस नै घाइते हुने र ज्यान जाने पनि मानिसकै हो । ट्राफिक प्रहरीले आफ्नो नारा बनाएको छ, ‘तीब्र गति जीवन क्षती’, ‘छिटो गए भन्न सकिन्न् ढिला गए अवस्य पुगिन्छ ।’ यसले पनि के दर्शाउँछ भने नेपालमा अध्याधिक सवारी साधन दुर्घटना हुनुको प्रमुख कारण भनेको अनियन्त्रित तिब्र गती हो । त्यसैले हरेक राजमार्ग र सडकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सवारी साधनको गति मापन गर्ने यन्त्र मार्फत चेक जाँचमा कडाई गर्न जरुरी छ ।

सडक विभाग, स्थानीय सरकार र सबै सरोकारवाला निकायले पहिरो गएर मोटर बाटो अवरुद्ध हुनसक्ने सम्भावति स्थानमा डोजर, स्काइभेटर लगायका सामाग्रीहरु तैनाथ गर्न पनि जरुरी छ । सडक अवरुद्ध वा सडक दुर्घटना हुँदा उद्धारमा खट्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धारका उचित सामाग्री र ती खरिद गर्ने उचित बजेट, हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बनाइएका दैविप्रकोप उद्धार समितिलाई पनि उत्तिकै अधिकार, प्रविधि, बजेटको व्यवस्था गर्नु सरकरको अभिभारा हो ।

नेपालमा सवारी साधन दुर्घटना हुुनुका अन्य कारणहरु भने सवारी साधनको अवस्था राम्रोसँग चेक जाँच नगरी सवारी दौडाउनु, सडकको बिग्रदो अवस्था, सवारी चालक अनुमति पत्र (लाइसेन्स) नलिएका सिकारु चालकले सवारी साधन चलाउनु, मादक पदार्थ सेवन गर्नु, ट्राफिक नियमको पालना नगर्नु आदि हुन् । नेपालका कतिपय यातायात व्यवस्था विभाग कार्यालयहरुमा भनसुनका आधारमा सवारी साधानको लाइसेन्स बाँड्नु जस्ता कृयाकलापले पनि सडकमा सवारी दुर्घटा हुने गरेको पाइन्छ ।

हवाई दुर्घटना हुँदा सरकारले जति तदारुकताकासाथ छानविन समिति गठन गर्छ सडक दुर्घटना हुँदा पनि सरकारले उसैगरी छानविन समिति बनाएर दोषिलाई उचित कारबाही, दण्ड, सजाय दिने व्यवस्था कडाइकासाथ पालना गर्ने हो भने पनि सडक दुर्घटनाबाट दैनिक दर्जनौँ मानिस घाइते र मृत्यु हुनबाट जोगाउन सकिने थियो ।

सरकारले सडकको भौतिक अवस्थामा उचित बजेट बिनियोजन गरेर सडक यात्रालाई जति सुरक्षित बनाउनु पर्ने हो त्यति नगरेको देखिन्छ । सहरी क्षेत्रमै, अझ देशको संघीय राजधानी र प्रदेश राजधानीका सडकमा कालोपत्रे उक्किएर ठुला खाडलहरु बनेको महिनौं बितिसक्दा पनि तीनवटै तहको सरकारले अनदेखा गरेको पाइन्छ । एउटा निकायले अर्कौ निकायको मुख ताक्ने र आफ्नो जिम्मेबारीबाट पन्छिन खोज्दा नागरिकको ज्यान जोखिममा पर्दै गएको छ । यसप्रति सरकार सचेत हुनुपर्छ ।

कतिपय ग्रामिण सडकमा स्थानीयहरुले अन्न तथा बिस्कुन सुकाउँने, चौपायाहरु हिँडाउने र किलो ठोकेर गाई, भैँसी बाँध्ने गरेको पनि पाइन्छ । यस्ता गैरकानूनी कृयाकलापहरु पनि नागरिक स्तरबाट तुरुन्तै रोकिनु पर्छ ।

सडकमा आफ्नो लेन अनुसार सवारी चलाउने, बालबालिकालाई सडकमा खेल्न नदिने हो र अभिभावकहरु यसप्रति सचेत हुने हो भने दुर्घटनाबाट आफू र अरु सबैलाई जोगाउन सकिनेमा सायद कसैको दुईमत नरहला ।

अतः सडक सबैको सझा सम्पत्ति हो । यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो । सडकमा निर्माण सामाग्री थुपार्दा पनि धेरै सवारी साधन दुर्घटना हुने गरेका समाचारहरु हामीले बिभिन्न सञ्चारमाध्यमबाट सुन्दै, हेर्दै र पढ्दै आएका छौँ । सडकमा पानी जम्न नदिने, पहिरोले अवरुद्ध पारेका सडकको बेलैमा मर्मत गर्न सरकारले तदारुकता देखाउने हो भने गन्तब्यमा हिँडेका यात्रु सुरक्षितसँग पुग्ने थिए । यस वर्षको वर्षायम सुरु भएको छ । त्यसैले सडक विभाग, स्थानीय सरकार र सबै सरोकारवाला निकायले पहिरो गएर मोटर बाटो अवरुद्ध हुनसक्ने सम्भावति स्थानमा डोजर, स्काइभेटर लगायका सामाग्रीहरु तैनाथ गर्न पनि जरुरी छ । सडक अवरुद्ध वा सडक दुर्घटना हुँदा उद्धारमा खट्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धारका उचित सामाग्री र ती खरिद गर्ने उचित बजेट, हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बनाइएका दैविप्रकोप उद्धार समितिलाई पनि उत्तिकै अधिकार, प्रविधि, बजेटको व्यवस्था गर्नु सरकरको अभिभारा हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार