काठमाडौं, २३ जेठ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा मेयर थापा पनि प्रतिवादी छन्।
थापा २०७४ र २०७९ को सथानीय तह निर्वाचनमा भक्तपुर सूर्यविनायक नगरपालिकामा एमालेबाट निर्वाचित भएका हुन् ।
थापाले हदबन्दी छुट जग्गा गैरकानुनी रुपमा पतञ्जलिले किनबेच गरेकामा त्यसपछि थापाले पनि जग्गा किनेको पाइएको छ। जग्गा जफत प्रयोजनका लागि मेयर थापासहित २८ व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाइएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित बाँकी ६३ जना भने बिगो, कैद र जरिवाना मागदाबीसहितका प्रतिवादी छन्।
हाल जग्गाधनी रहेका थापाले आफूले साविक साँगा गा.वि.स. वडा नं.४ (ख) को कि.नं ५५२ को जग्गा डिल्लीध्वज बराइलीसँग १ करोड ३० लाख ६६ हजारमा खरिद गरेको बयान दिएका छन् ।
थापा २०७४ र २०७९ को सथानीय तह निर्वाचनमा भक्तपुर सूर्यविनायक नगरपालिकामा एमालेबाट निर्वाचित भएका हुन् ।