काठमाडौं(जस)–पायोनियर मोटोकर्पले कम्प्याक्ट लक्जरी एसयुभी ‘जीकर एक्स’को नयाँ र परिमार्जित मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । ८४ लाख ९९ हजार बजारमूल्य रहेको जीकर एक्स हाल १० लाख कम मूल्यमा उपलब्ध गराइएको हो । ‘अनचेन्ड ड्युटी, अनबिटेबल प्राइस’ नाम रहेको यस योजनाअनुसार ग्राहकहरूले मात्र २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन् भने एक्सचेन्ज बोनस, अटो प्लस बीमा, सडक करमा १ आर्थिक वर्षको छुट र निःशुल्क ७ किलोवाट वाल चार्जर जस्ता थप विशेष सुविधाहरूको समेत लाभ लिन सक्नेछन् ।
जिकर एक्समा प्रभावशाली २०० किलोवाट मोटर छ जसले उत्कृष्ट पर्फमेन्स र सहज, रेस्पोन्सिभ ड्राइभ अनुभव प्रदान गर्छ । यसको डब्लुएलटीपी रेन्ज ४४० किलोमिटर रहेको छ र पर्फमेन्स पनि अग्रणी युरोपियन प्रतिस्पर्धीहरूसँग बराबर रहेको छ । जीकर एक्स, जीकर ००१ र जीकर सेभेन(एक्स जस्तै उन्नत ‘एसइए’ प्लेटफर्ममा आधारित छ ।
यसको संरचना ७३ प्रतिशत हाइ–स्ट्रेन्थ स्टिल प्रयोग गरेर बनाइएको छ, जसले गाडीलाई मजबुत सँगै सुरक्षामा कुनै सम्झौता नगरी तौल पनि कम गर्छ । जीकर एक्स २०२४ युरो एनक्यापमा दुई विधामा विजेता बन्ने एकमात्र गाडी हो जसले प्रतिष्ठित ५– स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । नेपालका लागि जीकरको आधिकारिक वितरक पायोनियर मोटोकर्प हो । साथै यो निसान मोटर कम्पनीको नेपालमा आधिकारिक वितरक पनि हो ।