काठमाडौं(जस)–नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी लिमिटेडलाई आईपीओ निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ । बोर्डले मंगलबार कम्पनीलार्ई आईपीओ निष्काशनका लागि विवरणपत्र प्रकाशनको स्वीकृति दिएको हो । धितोपत्र ऐन, २०६३ को दफा ३० को उपदफा (१) बमोजिम प्राप्त स्वीकृतिपछि कम्पनीले १०० अंकित मूल्यका ३९ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो ।
यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ भने आईपीओ निष्काशन, आवेदन संकलन र बाँडफाँटको सम्पूर्ण कार्यको व्यवस्थापन गर्नेछ । धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि, कम्पनीले नियमानुसार आगामी केही दिनमै सेयर निष्काशनको मिति, आवेदन प्रक्रिया, फर्म वितरण, बाँडफाँट विधि लगायतका विवरण सार्वजनिक सूचना मार्फत जानकारी गराउनेछ ।