नेपालमा गणतन्त्र आएको १७ वर्ष पुरा भएको दिन जेठ १५ गतेबाट राजसंस्थावादीहरुले अनिष्चितकालिन आन्दोलनको सुरुवात गरेको छन् । उनीहरुको आन्दोलन काठमाडौं केन्द्रित छ । लामो सयम राजतन्त्रात्मक सत्तामा बसेर पदको दुरुपयोग गरेका नवराज सुवेदीजस्ता व्यक्ति राजावादी आन्दोलनको संयोजक हुनुले नै उनीहरुको के मक्सद हो भन्ने प्रारम्भिक संकेत त गर्छ नैं ।
राजावादीहरुको आन्दोलनका बारेमा गणतन्वादी नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली, माधव नेपाल, डा. बाबुराम भट्टराई, शेरबहादुर देउवालगायतका नेताहरुले गणतन्त्र मास्न खोज्नु भनेको प्रतिमगन हो भनिरहेका छन् । बिभिन्न राजनीतिक फोरमहरुमा पुगेर उनीहरुले गणतन्त्र प्रजातन्त्रको उन्नत रुप भएकाले यसलाई मासेर पुनः राजतन्त्र ल्याउँछौँ भन्दै सडकमा उत्रिनु मसानघाटमा दाहसंकार गरेको लाशलाई ब्यूँताएर ल्याउन खोज्नु जस्तै मुर्खता भएको बताउँने गरेका छन् । रवि लामिछाने नेतृत्वको रास्वपा र कतिपय मधेश केन्द्रित दलका नेताहरुले भने आफूहरु राजतन्त्र पक्षधर हो कि गणतन्त्र पक्षधर हो त्यो कित्ता अझै स्पष्ट रुपमा खुलाएका छैनन । उनीहरुको यो चाला हेर्दा जुनसुकै व्यवस्था आएपनि सत्ताको कुर्सीमा बस्ने अवरवादी चरित्र हो भन्न हिच्किचाहट हुँदैन ।
बिभिन्न मिडियामा गणतन्त्रवादी नेताहरुका अन्तर्वार्ता पनि आइरहेका छन् । कुनै पनि क्रान्तिको सुरुवात सानो झिल्कोबाट उठान हुने र तत्कालिन नेकपा (माओवादी) ले २०५२ सालबाट सुरु गरेको जानयुद्ध पनि केही सिमित नेताहरुबाटै सुरु भई त्यसले ब्यापक उचाई हासिल गरेर देशमा गणतन्त्रको जग बसाउन सफल भएको स्मरण नेताहरुले गराएका छन् । मिडियामा पत्रकाहरुको प्रश्न हुन्छ, त्यतिबेला पनि थोरैको संख्याबाट आन्दोलन सुरु भएको थियो, अहिले पनि राजावादीहरुको आन्दोलनलाई केही थोरै भाडाका मान्छेहरु त हुन् भनेर हलुका तरिकाले किन आँकलन गर्नुहुन्छ ?
मुसाहरुले आफूहरुलाई दुःख दिने बिरालोबाट बच्न उसको घाँटीमा घण्टी बाँध्ने र घण्टी बजेको थाहा पाएपछि आफूहरु ज्यान जोगाउन दूलोमा छिर्न सहज हुने निर्णय त गरेको तर बिरालोको घाँटीमा घण्टी बाँध्न कोही पनि तयार नभएको दन्त्य कथा जस्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि बेलैमा लगाम लाउन लागि नपर्ने हो भने भने उनीबाट हौसिएर सडकमा आएका राजावादीहरुले आगामी दिनमा अझै उच्छृङ्खल र अराजक गतिबिधि नगर्लान् भन्न सकिन्न ।
पत्रकारहरुको यी र यस्ता प्रश्नहरुमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्ड उतिबेलाको आन्दोलन सामन्ति, निरंकुश राजसंस्था अन्त्य गर्नका लागि गरिएको क्रान्ति थयो । तर अहिलका राजावादीहरुको आन्दोलनलाई क्रान्ति भन्न नमिल्ने तर्क गरेका छन् । उनको भनाईमा राजावादीहरुको आन्दोलन प्रतिक्रान्ति हो । यस्तो प्रतिक्रान्तिमा जनताको साथ हुँदैन ।
कतिपय मिडियाकर्मीहरुको गणतन्त्रवादी नेतालाई प्रश्न हुन्छ, त्यसोभए राजतन्त्र कि गणतन्त्र भन्ने विषयमा किन जनमत संग्रह गर्न चाहनुभएको छैन ? गणतत्त्रवादी नेताहरु अहिले यो प्रश्न गर्नु भनेको असान्दर्भीक र बाहियात हो भनिरहेका छन् । उनीहरुको तर्क छ, यदि राजा पुनः शासन सत्तामा आउँन चाहन्छन् भने राजनीतिक दल खोलेर वा कमल थापा र राजेन्द्र लिङ्देनले नेतृत्व गरेको दलबाट चुनावमा उम्मेदवारी दिएर जनतको मत प्राप्त गरेर आउँदा हुने सुझाव दिने गरेका छन् । तर राजतन्त्र वा गणतन्त्रको बारेमा जनमत संग्रह भने हुनै नसक्ने गणतन्त्रवादी नेताहरुको जिकिर छ ।
गत चैत १५ गते राजावादीहरुको अराजनीतिक र उच्छृंखल गतिबिधिका कारण काठमाडौंको तीनकुनेमा घटेको घटना आतंककारी गतिबिधि भन्दा कम थिएन । यो घटनाका मुख्य योजनाका पूर्वराजा ज्ञानेन्द्र शाह नै थिए । उनको हौसल्ला र उक्साहटमा राजावादीहरुले एक पत्रकारसहित दुई जनाको जिउँदै आगोमा जलाएर हत्या गरे । यो घटनाको बारेमा उचित छानबिन गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै पक्राउ गर्नुपर्ने कतिपय गणतन्त्रवादी दलका सांसदहरुले सदनमा आवाज उठाए । तर सभामुखबाट यसबारे केही रुलिङ भएन ।
मुसाहरुले आफूहरुलाई दुःख दिने बिरालोबाट बच्न उसको घाँटीमा घण्टी बाँध्ने र घण्टी बजेको थाहा पाएपछि आफूहरु ज्यान जोगाउन दूलोमा छिर्न सहज हुने निर्णय त गरेको तर बिरालोको घाँटीमा घण्टी बाँध्न कोही पनि तयार नभएको दन्त्य कथा जस्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि बेलैमा लगाम लाउन लागि नपर्ने हो भने भने उनीबाट हौसिएर सडकमा आएका राजावादीहरुले आगामी दिनमा अझै उच्छृङ्खल र अराजक गतिबिधि नगर्लान् भन्न सकिन्न । राजावादीको आन्दोलनले ल्याउँने भनेको प्रतिगमन र प्रतिक्रान्ति नैं हो । त्यसैले सबै जनता बेलैमा सचेत र सजग रहन जरुरी छ ।