सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

यामाहा नेपालद्धारा हिमालय रोडिजको टाइटल स्पोन्सरका रूपमा निरन्तरता

शनिबार, जेष्ठ १७ २०८२

काठमाडौं(जस)–यामाहा नेपालले नेपालकै चर्चित रियालिटी शो हिमालय रोडिज को सातौं सिजनका लागि पुनः टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ । यसपटकको सिजन ’हेल अर हेभन’ भन्ने थिमसहित फर्किएको छ । यो यामाहाको हिमालय रोडिजसँगको साझेदारीको लगातार छैटौं वर्ष हो, जसले ब्रान्डको साहसिक र युवा–केन्द्रित पहिचानलाई झन् सुदृढ बनाएको छ ।
हिमालय टिभीमा साप्ताहिक रूपमा प्रसारण हुने हिमालय रोडिज, अन्तर्राष्ट्रिय शो एमटीभी रोडिजबाट प्रेरित, नेपालकै सबैभन्दा लोकप्रिय रियालिटी शो मानिन्छ । कठोर चुनौती, अप्रत्याशित मोड र सशक्त स्टोरीटेलिङले भरिएको यस शोले प्रतियोगीहरूलाई नेपालको असभ्य र सुन्दर भूगोलमा शारीरिक र मानसिक रूपमा परिक्षण गर्छ ।
यामाहा नेपालले सधैं पर्फर्मेन्स, स्टाइल र एडभेन्चरसँग जोडिएको ब्रान्ड छविको रूपमा युवा यात्रुहरूलाई आकर्षित गर्दै आएको छ । ःत्–१५ ख्२ र ँश्–क् ख्३ जस्ता सडकमा लोकप्रिय बाइकदेखि ट्रयाक–प्रेरित आर१५ आर४, अफ–रोड डब्लुआर, १५५आर, स्पोर्टी ब्भचयह १५५ र इन्धन–कुशल च्बथश्च् १२५ँक्ष् ज्थदचष्म जस्ता मोडेलहरूले यामाहालाई आधुनिक यात्रुहरूको पहिलो रोजाइ बनाएका छन् ।
एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालका अनुसार, ‘यामाहा र रोडिज दुबै सीमाना पार गर्ने, जोखिम लिने र आफ्नै बाटो रोज्ने सोचसँग जोडिएका छन् । ‘हेल अर हेभन’ थिमले जीवन र यात्रा दुबैमा गरिने छनोटहरूको महत्वलाई झल्काउँछ । हामी फेरि यो सहकार्यमा सहभागी हुन पाउँदा गर्व गर्छौं ।’ एमएडब्ल्यू अन्तर्गत सञ्चालित यामाहा नेपाल देशकै अग्रणी र भरपर्दो दुईपाङ्ग्रे सवारी ब्रान्डमध्ये एक हो । प्रविधिमा नवीनता, इन्जिनियरिङ सटीकता र उत्कृष्ट बिक्रीपछिको सेवा सहित, यामाहा नेपालले अझ सुरक्षित, शक्तिशाली र रोमाञ्चक राइडिङ संस्कृतिको प्रवद्र्धनमा निरन्तर काम गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार