सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सर वल्र्डलिंक

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं(जस)–वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले चर्चित बालगायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्ने घोषणा गरेको छ । प्रसिद्ध शोको दोस्रो सिजन आगामी असार १ गतेदेखि क्एब्ऋभ्४प् टेलिभिजन र म्इप्इ युट्युब च्यानलमार्फत हरेक आइतबार र सोमबार बेलुका ८ः३० बजे प्रसारण हुनेछ। तीन वर्षपछि पुनः सुरु हुन लागेको कार्यक्रम यसपटक अझ भव्य र सङ्गीतमय शैलीमा प्रस्तुत हुने आयोजक नोबडी प्रोडक्शनले जनाएको छ ।
सिजन २ मा गायक दीप श्रेष्ठ, सुबानी मोक्तान र स्वप्न सुमन निर्णायकका रूपमा रहनेछन्। साथै, दस जना ग्रान्ड जुरी सदस्यले पनि प्रतिस्पर्धीहरूको मूल्यांकनमा सहयोग गर्नेछन्। कार्यक्रमको सञ्चालन हास्यकलाकार सुमन काकीले गर्नेछन् । कुल ३१ एपिसोड रहने कार्यक्रमको पहिलो भागदेखि नै बालप्रतिभाहरूको जीवन्त प्रस्तुति दर्शकसमक्ष प्रस्तुत गरिनेछ। नेपालसँगै अमेरिका, अष्ट्रेलिया, दक्षिण कोरिया लगायतका देशमा रहेका नेपाली समुदायले पनि कार्यक्रम हेर्न र सहभागी हुन सक्ने व्यवस्था गरिएको छ, जसले कार्यक्रमको पहुँच र अन्तरक्रियात्मकता अझ बढाउने विश्वास लिइएको छ । सहकार्यबारे वल्र्डलिंकका निर्देशक मनोज अग्रवालले भने, “यस किसिमका कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्नुका साथै राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने काम गर्छन्। वल्र्डलिंकले नेपाली आवाज, सपना र सम्भावनालाई प्रवद्र्धन गर्न प्रतिबद्धता जनाएको छ, जसले हामीलाई अत्यन्त गौरवको अनुभूति गराएको छ ।”वल्र्डलिंकको सहकार्यले डिजिटल माध्यममार्फत लाखौं दर्शकसम्म नेपाली प्रतिभा पु¥याउने र बाल प्रतिभालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार