काठमाडौं, १५ जेठ । गणतन्त्र दिवस २०८२ को अवसरमा कतारस्थित नेपाली दूतावासले शुभकामना आदाप्रदान लगायतका बिबिध कार्यक्रमको आयोजना गरेको छ । आज कतारमा भएको कार्यक्रममा कतारका लागि नेपाली राजूत रमेश चन्द्र पौडेलले गणतान्त्रिक संविधानले हामीलाई नागरिक स्वतन्त्रता दिलाएको उल्लेख गर्दै यसलाई बचाउनु पर्ने बताए । उनले गणतन्त्रमा अझै पनि जनताले चाहेको जस्तो सुशासन, भौतिक विकास र मानवीय विकास भने हुन नसकेको भन्दै ती क्रमशः हुँदै जाने विश्वास व्यक्त गरे । मुलुकको प्रतिव्यक्ति आय र जीडीपीमा उल्लेख्य विकास हुनुपर्नेमा जोड दिए । त्यसका लागि सामाजिक सहभागीता अपरिहार्य रहेको उनको भनाई थियो ।
त्यसैगरी नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष राजेन्द्र देवकोटाले देशमा गणतन्त्र ल्याउन दश वर्षे जनयुद्धको ठूलो भूूमिका रहेको भन्दै देशले दुई कार्यकाल महिला राष्ट्रपति पाउँनु, जनजाती, मधेसीको छोरो उपराष्ट्रिपति हुुनु सुन्दर पक्ष रहेको बताए । उनले सबैले एकले अर्काको अस्थित्व स्वीकार गर्नुपर्ने भन्दै देशको व्यवस्था परिवर्तन भएपनि अवस्था नफेरिनुमा संविधानको सफल कार्यान्वयन हुन अझै नसकेको बताए ।
संविधानमा दुई वटा प्रणाली राज्य व्यस्था र निर्वाचन प्रणाली रहेको भन्दै उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा जान सक्यौँ भने त्यो निकै राम्रो हुने तर्क पेश गरे । उनले सबै नेपालीले स्वदेशमै बसेर रोजागारी गर्न पाउने सुष्चितता हुनुपर्नेमा जोड दिए । देशमा गणतन्त्र ल्याउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको नेतृत्वमा भएको जनयुद्धको भूमिका नै प्रमुख रहेको उनको जिकीर थियो ।
कतारका लागि नेपाली राजूत रमेश चन्द्र पौडेलले गणतान्त्रिक संविधानले हामीलाई नागरिक स्वतन्त्रता दिलाएको उल्लेख गर्दै यसलाई बचाउनु पर्ने बताए । उनले गणतन्त्रमा अझै पनि जनताले चाहेको जस्तो सुशासन, भौतिक विकास र मानवीय विकास भने हुन नसकेको भन्दै ती क्रमशः हुँदै जाने विश्वास व्यक्त गरे । मुलुकको प्रतिव्यक्ति आय र जीडीपीमा उल्लेख्य विकास हुनुपर्नेमा जोड दिए । त्यसका लागि सामाजिक सहभागीता अपरिहार्य रहेको उनको भनाई थियो ।
प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष मोहम्म्द मुक्तदा मुसलमानले गणतन्त्र दिवसको शुभकामना ब्यक्त गर्दै गणतन्त्रले देशमा धेरै आमुल परिवर्तन ल्याएको बताए ।
प्रवासी नेपाली मञ्चका सचिव शेषराज तिमिल्सिनाले गणतन्त्र ल्याउन सशस्त्र जनयुद्ध, २०६२/०६३ सालको जनआन्दोलन र शसस्त्र युद्धमा मारिएका १७ हजार नेपालीहरुको उत्तिकै योगदान गरेको बताए । उनले बयलगाढा चढेर गणतन्त्रमा पुग्न सकिन्न भन्नेहरु पनि अहिले गणतन्त्र बचाउनकै लागि भृकुटीमण्डमा कार्यक्रम गरिरहेकाले कसैलाई आरोप प्रत्यारोप गर्न नहुने बताए ।
नेपाली जनसम्पर्क समितिका कार्यबाहक अध्यक्ष ठाकुर परियारले आज गणतन्त्र दिवस मनाईरहँदा गणतन्त्र ल्याउनका लागि बिभिन्न भूमिका निर्वाह गर्नेक्रममा दुःख झेलेका र न्याय नपाएकाहरुका बारेमा पनि प्रश्न उठाउनुपर्नेमा जोड दिए ।
नेपाली व्यवसायी संघ कतारका उपाध्यक्ष नरेन्द्र भाटले गणतन्त्र हिजो सकिएर जाने राजतन्त्र जस्तो हुनुहुँदैन भन्दै यसको रक्षाका लागि प्रवासी नेपलीहरु एकढिक्का हुनुपर्ने बताए । संविधानले प्रदान गरेका गणतन्त्रिक व्यवस्थाविरुद्ध लाग्ने जोसुकै नेता वा राजनीतिक दल भए पनि उनीहरुका गलत कृयाकलापविरुद्ध निरन्तर आवाज उठाउनुपर्ने बताए । गणतन्त्रलाई नै मास्नेगरी कसैका अभिवयक्तिहरु पनि आउनुनहुने उनको धारणा थियो ।
एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले गणतन्त्र दिवसको शुभकामना ब्यक्त गर्दै यस्ले हामीलाई स्वतन्त्रता दिएको बताए । भट्टले गणतन्त्रलाई सबैले मलजल गरेर अगाडी बढनुपर्ने बताए ।
एनआरएनए अभियन्ता एबम सामाजिक ब्यक्तित्व राज रेग्मीले गणतन्त्र दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै यस्ले सबै नेपालीलाई स्वन्तता दिएको बताए ।
नेपाली महिला संघकि अध्यक्ष माया केसिले गणतन्त्र दिवसको शुभकामना ब्यक्त गर्दै गणतन्त्रले महिला अधिकारको पनि सुनिश्चितता गरेको बताईन ।
कार्यक्रममा जनजाती महासंघका अध्यक्ष राकेश श्रेष्ठ,नेपाल पत्रकार महासंघ अध्यक्ष दिल कुमार श्रेष्ठ,अन्तर्राष्ट्रिय मुस्लिम समाजका अध्यक्ष अजमत अलिलगाएत उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिले गणतन्त्र दिवसको शुभकामना ब्यक्त गरेका थिए ।
