आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका हाकिमसहित तीन जनाको घटनास्थलमा नै मृत्यु

मंगलबार, जेष्ठ १३ २०८२

बाजुरा, १३ जेठ । जिल्लाको जगन्नाथ गाउँपालिकामा मङ्गलबार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएसको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ ।

नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार