गैरआवासीय नेपाली संघ कतारका पुर्व महासचिव, विधान मस्यौदा समितिका सदस्य तथा संरक्षक बुधवल गुरुङले एनआरएनएमा पिएचडि र डाक्टर नामधारीहरुको किचलोले संस्थाको गरिमा ठुलो क्षती पुगेको टिप्पणी गरेकाछन् ।
कतारमा मिल्ने प्रयासमा रहेको एनसीसी र नेपाली समाजलाई टुक्र्याउन खोज्ने त आईसीसी नै हो भन्ने कुरो कतारका सामाजिक तथा एनआरएनए अभियन्ताहरुले अब पनि नबुझे उनिहरुका चरणदास बन्नु बाहेक केही नभएको र रसिया, बेलायत , अमेरिका र अस्ट्रेलिया जस्ता मूलुकका डा. प्रमाणपत्र मात्र लिएर मात्र नहुने र संस्था चलाउन विधी, प्रक्रिया, पद्दती पनि जान्नु पर्ने सिक्नु पर्ने र सिकाउनु पर्ने बताएका छन् ।
परदेशमा रोजगारीमा रहेका नेपालीहरुलाई आफ्नो अभिष्ट पुरा गर्न तिनै डिग्री धारीहरुले टुक्राटुक्रामा विभाजित गरि भिडाएको भन्ने व्यहोरा पनि पिएचडी होल्डरहरुले आगामी दिनमा दस्तावेज तयार पार्नु , नभए ती र त्यस्ता पात्र र प्रवृत्तिहरुका अभिलेखिकरण संस्थाले राख्ने र कतारको नेपाली समाजले गरेको संस्था र समाज मिलाउन गरेको प्रयासलाई आफ्नो कम आँक्न नहुने भन्दै बुदागत सुझाव दिएका छन् ।
१. संस्थाको अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिवहरु जो कसैले पनि व्यक्त गर्ने कुराहरु वा सहभागिता जनाउदा संस्थागत हुन्छ भनेर बुझ्नु पर्दछ । पदमा रहदा सम्म व्यक्तिगत हुदैन । तटस्थ बस्ने हो भने नबोलौं, सहभागिता नजनाऔं ।
२. कसैलाई समय सिमा तोकेर कारबाहीको प्रक्रिया अगाडी बढाईएको छ भने त्यो समय सिमा सम्म पर्खनु पर्दछ । समय सिमा सकिनु भन्दा अगाडि नै कामकारबाही गरेमा व्यक्तिगत रिस आवेगमा आएर गरेका हुन् भन्ने बुझ्नु पर्दछ ।
३. कुनै व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्था संग मन्जुरीमा संझौता करारनामा गरि सकेको छ भने त्यो करारनामा रद्द नभए सम्म अर्को व्यक्ति वा संस्था संग संझौता करारनामा गर्न पाईदैन । यसरी गरेमा व्यवहारिक रुपमा विधि सम्मत मानिदैन । जबर जस्ती गरे त अकै कुरो । यसरी संझौता रद्द नभए सम्म संस्थागत आधिकारिकता पहिलो पक्ष वा पहिले जो संग संझौता गरेको हो उसै संग रहनेछ ।
४. आईसीसीबाट पद दियो अधिकार दियो, संझौता हामी संग भयो भनेर फुरुङ्ग नहोऔं । पद नै सबै कुरो हैन भन्ने कुरो बुझौं । समाज मिलाउने कुरामा केही त्याग गर्नु पर्छ । तपाईहरुको देन पक्कै समाजले बुझ्नेछ । रस, इगो, आवेशमा आएर गलत निर्णय नलिगौं ।
५. कतारका सामाजिक अभियन्ताहरुले पनि ढोंगी कुरा गरेर विरोधका लागि विरोध मात्र नगरौं । समाज मिलाउने कर्तव्य तपाईको पनि हो ।