काठमाडौं । यतिबेला प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’मा छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा दुई हप्ताअघि बसेको पदाधिकारी बैठकले जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सुरु गर्ने निर्णय गरेको थियो । सोही क्रममा माओवादी अध्यक्षसहितको टोली यतिबेला कर्णाली प्रदेशका जिल्लाहरुमा सभा, सम्मेलन गरिरहेको छ । यसअघि ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको माओवादीले निश्कर्ष निकाल्दै अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण हुँदा जनतासँगको सम्बन्धमा पुनर्ताजगी भएको जनाएको थियो ।
गत २०७९ सालको आमनिर्वाचनको नतिजा सोचो भन्दा निकै नाजुक आएपछि माओवादी केन्द्र बिभिन्न अभियान थालेर जनताका बिचमा पुगिरहेको छ । आफूहरु सहर र सत्तामा केन्द्रित हुँदा जनतासँगको सम्बन्ध बिग्रिएको भन्दै उक्त सम्बन्धलाई प्रगाढ र जिवन्त बनाउन माओवादी जनताको घर–दैलोमा गएर दुःख, पीडाका आवाज सुन्ने काम गरेको माओवादीको दाबी छ । अध्यक्ष प्रचण्डले लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्न लागेकाले अर्को ‘नयाँ क्रान्ति’को आवश्यकता रहेको पटक–पटक दोहो¥याउने गरेका छन् ।
कहिले केराको पातमा खाने त कहिले सडकका छेउमा पकाइएका भक्कालगायतका परिकार पनि नेताहरुले खाने गरेका छन् । यस पटकको अभियानमा नेताहरुले सुदुरपश्चिमका कार्यक्रमस्थमा बनाइएका मञ्चमै बसेर काफल खाए, एक स्थानीयले प्रचण्डलाई आफूले उत्पादन गरेको काँक्रो उपहार समेत दिए । यसले पनि माओवादीप्रति जनताको मायाँ प्रगाढ छ, माओवादीलेनैं देशको मुहार फेर्छ भन्नेमा जनता आशावादी रहेको प्रस्ट संकत गर्छ ।
२०८० साउनमा बसेको माओवादीको केन्द्रीय समितिको बैठकमा प्रचण्डले आफू बिग्रिएको भन्दै अव सच्चिने बाचा समेत गरेका थिए । जनतासँग जोडिन र जनतालाई माओवादीप्रतिको आत्मियता पुनर्ताजगी गराउन तत्कालीन बैठकले तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ घोषणा गरेको थियो । उक्त अभियानमा अध्यक्ष प्रचण्डदेखि सबै केन्द्रीय सदस्यहरु वडावडामा पुगेर जनतासँग जोडिएका थिए । कतिपय नेताहरु श्रमदान, विकास निर्माणलगायतका काममा प्रत्यक्ष सामेल भएका थिए । त्यतिबेला माओवादी केन्द्र सत्तामै थियो । अध्यक्ष प्रचण्ड देशको प्रधानमन्त्री थिए ।
गत पुसमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले तराई मधेस हुलाकी मार्ग, मध्य पहाडी लोकमार्गमा अभियान चलाउने निर्णय ग¥यो । फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान वैशाख १७ कञ्चनपुरमा पुगेर समापन भएको थियो । यस्ता बिभिन्न अभियानहरुबाट हौसिएको माओवादीले अझ जनतासँगको सम्बन्धलाई निकट र दर्बिलो बनाउन फेरि ‘मध्य पहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने निर्णयमा पुगेको थियो ।
अभियानकै क्रममा अध्यक्ष प्रचण्डसहितका कतिपय नेताहरू जिल्ला प्रदेश र पालिकामा जाँदा जनयुद्धका सहिद, बेपत्ता, घाइते परिवारको घरमा पुगेर, त्यहीँको स्थानीय खाना खाएर जनताकै घरमा बसेका तस्बिर र भिडियोहरु पनि सामाजिक सञ्जालदेखि बिभिन्न सञ्चारमाध्यममा समाचार बनेर प्रकाशित/प्रसारित पनि भए । कहिले केराको पातमा खाने त कहिले सडकका छेउमा पकाइएका भक्कालगायतका परिकार पनि नेताहरुले खाने गरेका छन् । यस पटकको अभियानमा नेताहरुले सुदुरपश्चिमका कार्यक्रमस्थमा बनाइएका मञ्चमै बसेर काफल खाए, एक स्थानीयले प्रचण्डलाई आफूले उत्पादन गरेको काँक्रो उपहार समेत दिए । यसले पनि माओवादीप्रति जनताको मायाँ प्रगाढ छ, माओवादीलेनैं देशको मुहार फेर्छ भन्नेमा जनता आशावादी रहेको प्रस्ट संकत गर्छ ।
जेहोस, यस्ता अभियानले जनतामा जोडिन सकारात्मक नै काम गरेको छ । तर, कम खर्चिलो, स्थानीय जनपरिचालनमा जोड, केन्द्रबाट नै ठूलो टिम सबै ठाउँमा पुगेर खर्च बढाउने कार्यलाई आगामी अभियानमा नगर्दा राम्रो हुने थुप्रै नेता तथा कार्यकर्ताहरुको सुझाव छ ।
माओवादीले सञ्चालन गरेको जनयुद्धताका पनि पार्टी भित्र अप्ठ्यारो पर्दा, विचारमा तीव्र मतभेद हुँदा रुकुम, रोल्पा, जाजरकोट, सल्यानका जनतासँग आउने गरेको प्रचण्डले भन्ने गरेका छन् । उनले रुकुम क्रान्तिको केन्द्र र किल्ला भएकाले बेला बेलामा यहाँ आउने गरेको रुकुमको कार्यकक्रममा बताए । संविधानको रक्षाका लागि माओवादी केन्द्रकै जिम्मेवारी रहेको र त्यो हिम्मत पनि माओवादी केन्द्रसँगै रहेको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरेर समाजवाद ल्याउन माओवादीले जनजागरण अभियान चलाएको बताएका छन् ।