सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

प्रभु बैंक, इला होटल्स र मौलाकाली केबलकारबीच छुटसम्बन्धी सहकार्य

सोमबार, जेष्ठ ५ २०८२

काठमाडौं(जस)–प्रभु बैंक लिमिटेड, इला होटल्स एण्ड रिसोट्र्स र मौलाकाली केबलकार लिमिटेडबीच विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारीअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले होटल, आवास र केबलकार सेवामा विशेष छुट पाउनेछन् ।
समझदारीपत्रमा प्रभु बैंककी प्रमुख प्रदेश अधिकृत सांग्रीला श्रेष्ठ र इला होटल्स तथा मौलाकाली केबलकारका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका हुन् । सहकार्य अनुसार खानपान सेवामा १०%, केबलकार टिकटमा २०%, आवास सेवामा १०% छुट र केबलकार यात्रा निःशुल्क प्रदान गरिनेछ । प्रभु बैंक हाल देशभर ३११ शाखा, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत ३५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित बैंकले फिनाकल इन्फोसिस इनोभेसन गोल्ड २०२४ अवार्ड समेत प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार