आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

गैरआवासीय नेपाली संघ, कतारद्वारा नयाँ सदस्यता आवेदन खुला

सोमबार, चैत्र ११ २०८१

कतार ,गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले नयाँ सदस्यता आवेदन खुला गरेको छ। सर्वोच्च अदालतको परमादेशअनुसार गठन भएको उच्चस्तरीय समितिको पत्राचारअनुसार कतारले सदस्यता नविकरण तथा नयाँ सदस्यता आवेदन खुला गर्ने निर्णय गरेको हो।
हालै बसेको एनसिसी  कतारको कार्यसमिति बैठकले सदस्यता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। यसैअनुसार २१ मार्च २०२५ देखि अनलाइन पोर्टलमार्फत सदस्यता आवेदन दिन सकिने व्यवस्था गरिएको छ। नयाँ तथा पुराना सदस्यहरूले MIS System मार्फत आफ्नो सदस्यता नविकरण तथा आवेदन दिन सक्नेछन्।

गैरआवासीय नेपाली संघ, कतारले एकताको पक्षमा रहँदै अदालतको निर्णयलाई सम्मान गर्दै अघि बढ्ने बताएको छ। कतारस्थित नेपाली समुदायलाई संस्थामा आबद्ध हुन आग्रह गर्दै संघले अनलाइन पोर्टलमार्फत सहज सदस्यता प्रक्रियाको सुरुवात गरेको छ।

संघका अध्यक्ष रमेश भट्ट तथा महासचिव रविन मगरद्वारा हस्ताक्षरित सूचनामा यस विषयमा विस्तृत जानकारी दिइएको छ। संघले कतारस्थित सम्पूर्ण नेपाली समुदायलाई सदस्यता प्रक्रियामा सहभागी हुन आग्रह समेत  गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार