बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपाल व्यवसायी संघ कतारका सदस्य तथा एनआरएनए कतारका सहकोषाध्यक्ष आचार्यको निधन

शनिबार, फाल्गुन १० २०८१

काठमाडौं(जस)–नेपाल व्यवसायी संघ कतारका सदस्य तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका सहकोषाध्यक्ष झविन्द्र आचार्यको सडक दुर्घटनामा परी निधन भएको छ । सडक दुर्घटनामा गम्भिर घाइते भएका आचार्यको सनैया स्थित हमाद हस्पिटलमा उपचारका क्रममा निधन भएको अस्पतालले पुष्टि गरेको छ । आचार्यको शव हमाद हस्पिटलकै मर्चरी सेन्टरमा राखिएको छ ।
गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टले एनआरएन अभियानमा अग्रपंक्तिमा रहेका आचार्यको निधनले अभियानमा ठुलो क्षति पुगेको र कतारमा रहेको नेपाली समाजलाई दुःखित बनाएको बताए । उनले आचार्यको शवलाई दुतावाससँग समन्वय गरी जतिसक्दो चाडो नेपाल पठाउन संघले पहल गरिरहेको बताए ।
यस्तै नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चम्लागाईले संघका सदस्य आचार्यको निधनले कतारमा रहेका आम व्यवसायीहरुलाई मर्माहित बनाउनुका साथै संघलाई अपुरणिय क्षति पु¥याएको बताए । कतारमा सफल युवा व्यवसायी रहेका आचार्यलाई आफ्नो गाडी बिग्रेर सडक छेउमा उभिरहेको बेला बंगाली नागरिकले चलाएको अर्को गाडीले ठक्कर दिएको थियो ।
कतारमा रहेका नेपाली संघ संस्थामा सक्रिय रहेका आचार्यको निधनका कारण शुक्रबार ४० भन्दा बढी संघ–संस्थाहरुले आयोजना गरेका विभिन्न कार्यक्रमहरु शोक स्वरुप स्थगित गरेका थिए । गुल्मीको मालिका गाउँपालिका घर भएका ४० वर्षीय अर्याल स्थानीयस्तरमा पनि लोकप्रिय थिए । नेकपा एमाले पार्टीको राजनीतिमा समेत संलग्न उनी १ हप्ता अघि मात्र नेपालबाट कतार फर्किएका हुन । उनी गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार तथा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष समेत रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार