गोरखा,गोरखा बारपाक सुलिकोट–५ को ताकुमाझ लाकुरीबोटमा रहेको जलकन्यादेबी माध्यमिक विद्यालयमा दस जोड दुई सन्चानको लागि ६५ लाखको अक्षयकोष स्थापना गरिएको छ ।
विद्यालयको ७२ औ बार्षिक उत्सब तथा अभिभावक दिवसको अबसरमा अक्षयकोष सन्चालन समितिका अध्यक्ष पूर्व प्रमुख निर्बाचन आयुक्त दोलखबहादुर गुरुङले उक्त जानकारी दिएका हुन् । स्थानीयहरुबाट दुई बर्ष सम्म चलेको अभियान बाट अक्षयकोष सन्चालन गरिएको हो । बारपाक सुलिकोट गाउँ पालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले दस जोड दुई सन्चालनको लागि जनस्तरबाट ठुलो रकम उठेको भन्दै स्रहाना गरेका थिए । साथै उहाँले विद्यालयको सर्बाङ्गिण बिकासका लागि पालिकाले आगामी दिनमा सक्दो सहयोग गर्ने बताए ।
शैक्षिक सत्र २०८० देखि विद्यालयमा ११ र १२ कक्षा सन्चालन भैरहेको विद्यालयका प्रधानाध्यापक उमाकान्त ढकालले जानकारी दिनुभयो । बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष नीरबहादुर थापाले दाताहरुलाई धन्यवाद दिदै शैक्षिक गुणस्तरको लागि शिक्षक मात्र नभई अविभावक पनि चनाखो हुनु पर्ने बताउनु भयो ।
विद्यालयको ७२ औ बार्षिक उत्सबको अबसरमा विद्यालयले अक्षयकोष सन्चालन समितीका संयोजक दोलख बहादुर गुरुङ, चन्दादाता हरिजंग दवाडी,टिकादेवी गुरुङ, सारदा भुजेल, राजु खड्का, बिन्दु थापा लगाएत सबै चन्दा दाताहरुलाई सम्मान गरेको छ ।
विद्यालयका बि.स.२०५६ सालमा एसएलसी दिएका पुर्व विद्यार्थीहरु ले एक लाख एक सय सत्ताईस रुपैयाँँको छुट्टै अक्षय कोष स्थापना गरेका छ्न ! सामाजिक सन्जाल मार्फत देश बिदेशमा रहेका साथीहरू बिच रकम संकलन गरि अक्षय कोष स्थापना गरेको संयोजक मधुकर खड्काले जानकारी दिए । अक्षय कोषको ब्याजबाट विद्यालयबाट प्रत्येक बर्षको एस ई ई मा उत्कृष्ट नजिता ल्याउने एक जना विद्यार्थी र एक जना शिक्षकलाई पुरस्कृत गरिने उहाँले जानकारी दिए ।