बुधबार, साउन २० २०८३

बुधबार, साउन २० २०८३

नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच शेयर प्रत्याभूति सम्झौता

आइतबार, पुष ७ २०८१

काठमाडौं(जस)–नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका छन् । म्याग्दी हाइड्रोले प्रति सेयर एक सय रुपैयाँका दरले ४७ लाख ४५ हजार कित्ता बापतको ४७ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार